समाचार

बुटवलबाट करिब ११ लाखको बिलबिजक नभएको मदिरा बरामद

नवलपुर टुडे
२०८२ फाल्गुन १३ | मध्यान्ह ०४:११ बजे

बुटवल  । रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट बिलबिजक नभएको अवस्थामा दुई वटा गाडीबाट मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलको सुख्खानगरस्थित मैत्रीपथमा लु २ च ४९३५ र लु २ च ५०७८ नम्बरको गाडीमा मदिरा रहेको भन्ने सूचना आधारमा गाडी चेकजाँच गर्दा बिल बिजक नभएको अवस्थामा ७७ पेटी (३६९६ थान) मदिरा बरामद भएको हो ।

बरामद मदिरा करिब १० लाख ७८ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद मदिरा र नियन्त्रणका लिइएको दुवै गाडी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

कमेन्टहरु