बिमल बिनयको बैठक : पहाडमा बन्नसक्छ नयाँ राजनैतिक समीकरण

जगत ठाडा मगर
२०७८ साउन २८ | बिहान ०८:०४ बजे

दार्जिलिङ । बिमल गुरुङ सँग बैठक बसेको कुरा स्वयं बिनय तामाङले मिडियालाई जानकारी दिएका छन् । आज बिनय तामाङ अनि बिमल गुरुङ बीच लगभग १ घन्टासम्म बैठक बसेको थियो ।
बैठक सकेपश्चात बिनयले मिडियालाई जानकारी दिदै भने, “म आज गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष बिमल गुरुङ सँग १ घन्टाको लागि बैठक बसेको थिएँ । उक्त बैठकमा २००७ सालदेखि २०२१ सम्मको राजनीतिक बिषयहरु बारे चर्चा भयो ।
जनताको लागि आगामी दिनहरुमा मिलेर के गर्न सकिन्छ भन्ने बिषयमा पनि हामीले चर्चा गर्यौं । त्यसरी नै गोर्खाको विभिन्न समस्यालाई लिएर कसरी काम गर्न सकिन्छ त्यसबारे पनि हामीले छ्लफल गरेका छौँ ।”






















