देश

मुख्यमन्त्री लालबाबू राउतविरुद्ध राष्ट्रिय एकता अभियानले लहानमा प्रदर्शन

जगत ठाडा मगर
२०७८ साउन २८ | बिहान ०८:०४ बजे

रामनारायण यादब

सिरहा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध राष्ट्रिय एकता अभियानले बुधबार सिरहाको लहानमा प्रदर्शन गरेको छ । अभियानका वरिष्ठ नेता काशीन्द्र यादवको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको पुतलासमेत दहन गरेको छ ।

अभियानले लहान बजारबाट नयाँ घण्टाघर हुँदै निकालेको विरोध ¥यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध नारा लगाएका थिए ।

उक्त विरोध कार्यक्रममा अभियानकी केन्द्रिय उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेको आरोप समेत लगाईन् ।

त्यस्तै अभियानका सिरहा जिल्ला संयोजक हेमन्त सिंहले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको बताए । विरोध कार्यक्रममा अभियानका अभियन्ता नविन गुप्ता, मनोज पासवान, अबिनाश गुप्ता र मनोज मेस्तर लगायतको उपस्थित रहेको थियो ।

कमेन्टहरु