धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुनेमा तीन जना तनहुँका

रासस
२०८२ फाल्गुन ११ | मध्यान्ह ०२:११ बजे

दमौली (तनहुँ), फागुन ११। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन् ।
मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ का ५५ वर्षीय विष्णुमाया ढकाल र भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।

















