दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाइकल र्याली

नवलपुर टुडे
२०८२ फाल्गुन १० | मध्यान्ह ०६:११ बजे

काठमाडौँ । दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ। आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राजसंस्था पक्षधरहरूले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै र्याली निकालेका हुन्। उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
प्रसाईंलाई फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। माइतीघर मण्डलाबाट सुरु भएको र्याली भद्रकालीमा पुगेर समापन भएको थियो।

















