अपराध

पाल्पाम ३२ वर्षीया महिला बलात्कृत, १९ वर्षे युवक पक्राउ

नवलपुर टुडे
२०८२ फाल्गुन १० | मध्यान्ह ०३:११ बजे

तानसेन । पाल्पामा ३२ वर्षीया एक महिला बलात्कृत भएकी छन् । महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ वर्षीय रेमबहादुर ठाडालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार माथागढी गाउँपालिका-७ घर भएका ठाडाले फागुन ५ गते ती महिलामाथि करणी गरेका थिए । महिलाले स्वास्थ्य परिक्षणको रिर्पोटसहित जाहेरी दिएपछि ठाडालाई शनिबार पक्राउ गरिएको हो ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । ‘पीडित महिला र आरोपित युवक एउटै गाउँका हुन्’, ती अधिकृतले भने, ‘युवक उमेरले कान्छा रहेछन्, म्याद थप गरेर अनुसन्धान अघि बढाएका छौँ ।’

कमेन्टहरु