सिरहा क्षेत्र नं. १ मा राजनीतिक फेरबदल, कांग्रेस परित्याग गरी जसपा नेपालमा सामूहिक प्रवेश


शियाराम यादव
सिरहा । आगामी निर्वाचनको तयारी तीव्र बन्दै जाँदा सिरहा क्षेत्र नं. १ मा राजनीतिक गतिविधि उल्लेखनीय रूपमा बढेको छ। जनता समाजवादी पार्टी नेपाल का उम्मेदवार सत्यनारायण यादव को पक्षमा सखुवानन्कारकटी गाउँपालिका वडा नं. १, कटैयामा नेपाली कांग्रेस परित्याग गरी नेता–कार्यकर्ताहरू जसपा नेपालमा सामूहिक रूपमा प्रवेश गरेका छन्।
प्रमोद कुमार साहको नेतृत्वमा पार्टी प्रवेश गर्नेहरूलाई जसपाका स्थानीय नेताहरूले स्वागत गरेका थिए। जसपा नेपालमा प्रवेश गर्नेहरूमा प्रमोद कुमार साह, अर्जुन साह, बिरेन साह, सुरेन्द्र साह, रामानन्द साह, श्याम साह र रामचन्द्र साह रहेका छन्। जसपा नेपाल सखुवानन्कारकटी गाउँपालिका एकाइ अध्यक्ष नागेन्द्र यादवका अनुसार उम्मेदवार सत्यनारायण यादवको विकासप्रेमी छवि र पार्टीको स्पष्ट एजेन्डाबाट प्रभावित भएर उनीहरू पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशी नेता–कार्यकर्ताहरूले आगामी निर्वाचनमा सत्यनारायण यादवलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






















