मधेश प्रदेश

रौटहटको गौरमा पुनः निषेधाज्ञा जारी

नवलपुर टुडे
२०८२ फाल्गुन १० | बिहान ०९:११ बजे

रौटहट । जिल्ला प्रशासन कार्यालय रौटहटले गौर नगरपालिकामा पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८: ३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिए । गौर– ६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि १ः०० बजेदेखि आज बिहान ६: ३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । आज बिहान ६: ३० देखि ८ः ३० बजेसम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो । 

कमेन्टहरु