राजनीति

पाण्डेले हाँकेको गुल्मी रास्वपा

नवलपुर टुडे
२०८२ फाल्गुन ९ | बिहान ०७:११ बजे

लुम्बिनी । लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मी यतिबेला राजनैतिक माहोलले तातिएको छ । निर्वाचनमा भाग लिएका राजनैतिक दलका उमेद्धार तथा स्वतन्त्र उमेद्धारहरु जनताको घरदैलोमा पार्टीगत बाचापत्र लिएर प्रचार प्रसारमा लागेका छन् । त्यसमा पनि ठूला राजनैतिक दलका हेबिवेट उमेद्धारहरुको बीचमा नयाँ राजनैतिक दलको रुपमा उदाएको रास्वपाका उमेद्धारहरु सागर ढकाल र गोविन्द पन्थीले कडा टक्कर दिएका छन् ।

रास्वपाको तर्फबाट गुल्मीको निर्वाचन क्षेत्र नं १ बाट सागर ढकाल र २ बाट गोबिन्द पन्थी चुनाबी मैदानमा छन् । अन्य दलहरुको संगठन मजबुत भएको भएता पनि यतिबेला रास्वपाले गुल्मीमा चुनाबी प्रचार प्रसारको अलावा वडा तहसम्म संगठन बिस्तारको कामलाई तिब्रता दिएको छ । करिब करिब सबै वडामा पार्टीको संगठन निर्माण भैसकेको र निर्वाचन प्रचार प्रसारको काम पनि संगसंगै अगाडि बढाइएको सो पार्टीको जिल्ला सभापति भोजराज पाण्डे बताउछन् ।

गुल्मी निर्वाचनमा उमेद्धारको घोषणा हुनु भन्दा अगाडिसम्म राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रास्वपा गुल्मीका जिल्ला सभापति भोजराज पाण्डे गुल्मीका दुबै निर्वाचन क्षेत्रको लागि स्वभाविक दाबेदार थिए । तर उनी उमेद्धार बनेनन । उमेद्धार बन्छु भनेर ढिपि पनि गरेनन् । उनको क्षेत्रबाट उनकै जोडबलमा सागर ढकाल उमेद्धार बने । २ नं बाट उनकै जागिरे जीबनका सहपाठी गोबिन्द पन्थी उमेद्धार बनेर आए। उनै जिल्ला सभापति अहिले सागर ढकाल र गोबिन्द पन्थीलाई जिताउन रात दिन नभनी जागिरमा भन्दा वढि खटिएका छन् । गोबिन्द पन्थी र सभापति भोजराज पाण्डे पोहोर साल भदौमा संगै सेवा निवृत भएका हुन । सेवामा रहदासम्म पनि दुवै नेपाल प्रहरीको होनाहार प्रहरी अधिकृत हुन । एकै मितिमा प्रवेस गरि एकै मितिमा पदोन्नति हुंदै आएका अव्वल अधिकारी हुन ।

गुल्मीको बर्तमान राजनैतिक माहोल कस्तो भैरहेको छ नी भन्ने हाम्रो प्रश्नमा “गाउंगाउं प्रचार प्रसारको क्रममा डुल्दै गर्दा यतिबेला सुनिने स्वरले राजनैतिक माहोल फेरिने संकेत गरेको सभापति भोजराज पाण्डे बताउछन् । जनतामा ब्यापक निराशा छ , युवाहरुको नेतृत्वमा रहेको दलले केहि आशा जगाउने काम गरेको छ, त्यसकारण हाम्रो माहोल क्रमिक रुपले सुधार भैरहेको र अहिलेको पोजिशन अन्य दलको बराबरी भन्दा राम्रो रहेको पाण्डे थप्छन् ।

जे होस यतिबेला गुल्मीको राजनैतिक माहोल फेरिएको छ । रास्वपाले अरु दलहरुलाई जबर्जस्त चुनौती थपि दिएको छ । युवा अनुभवी र कर्मठ इन्जिनियर सागर ढकाललाई गुल्मीवाट उमेदवार वनाउनुले माहोल फेरिएको छ । रास्वपा दुवै निर्वाचन क्षेत्रमा अफेन्सिभ छ भने अन्य दलहरु डिफेन्सिभ अवस्थामा छन् । अरु दलका संगठित कार्कर्ताहरु नै घण्टी भन्दै मत परिवर्तनको संकेत गरिरहेका छन् ।

“हामी मतदाताहरुलाई आस्था परिवर्तन नगरी मत मात्र परिवर्तन गर्न अनुरोध गरिरहेका छौं”पाण्डे वताउछन् । अरु पार्टीमा युवा देखिएका छैनन । रास्वपामा युवा आकर्षण वढी छ । मतदाता र युवा उत्साही छन । त्यसकारण यस पटक गुल्मीको चुनावी परिणाम अप्रत्यासित हुन सक्ने जानकार बताउछन् ।

कमेन्टहरु