झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’


त्यस्तै, झापा– १ का १६ वटा मतदानस्थल र ५४ वटा मतदानकेन्द्र, झापा–२ का १६ वटा मतदानस्थल र ५५ वटा मतदानकेन्द्र, क्षेत्र नम्बर ३ का १९ वटा मतदानस्थल र ४० वटा मतदान केन्द्र र क्षेत्र नं ४ का २५ वटा मतदानस्थल र ६७ वटा मतदानकेन्द्र अतिसंवेदनशील मानिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धाका कारण आसन्न प्रतिनिनिधिसभा निर्वाचनको ‘इपिसेन्टर’ मानिएको झापा–५ को सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अघिल्ला निर्वाचनहरूमा सुरक्षित मानिएका कतिपय मतदानस्थल र केन्द्रहरूलाई पनि अतिसंवेदनशील ठहर गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल झापाका केही मतदान केन्द्रलाई अघिल्ला निर्वाचनको भन्दा फरक वर्गीकरण गरिएको स्वीकार्छन् । तर, ‘निर्वाचन क्षेत्र नै तोकेर भन्न नमिल्ने’ गेलाल बताउँछन् ।
झापामा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन् । तीमध्ये १४७ वटा मतदान केन्द्र संवेदनशील र ४३ वटा मतदानस्थल सुरक्षाका दृष्टिले सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ ।






















