बढ्यो अण्डाको मूल्य

नवलपुर टुडे
२०८२ फाल्गुन ६ | बिहान ०९:११ बजे

चितवन। नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।
ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ ।
प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।






















