दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, रोजगार

नेपालको पहिचान विश्वमा फैलाउँदै निराजन अर्याल, एनआरएन युएईले गर्‍यो स्वागत

कबिराज राजबंशी
२०८२ फाल्गुन २ | मध्यान्ह ०५:११ बजे

IMG 20260214 160713

प्रवास दुबई, यूएई – विश्व भ्रमणको उद्देश्यसहित साइकल यात्रामार्फत विभिन्न देशहरू पार गर्दै अघि बढिरहेका नेपाली साइकल यात्री निराजन अर्याल लाई एनआरएन युएई परिवारले युएईमा सम्मानपूर्वक स्वागत गरेको छ।

एनआरएन युएई परिवारका अनुसार निराजन अर्यालले विश्वका विभिन्न मुलुकहरूमा साइकल यात्रा गर्दै नेपाल र नेपालीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएका छन्। उहाँले आफ्नो यात्रामार्फत नेपाली झण्डा, संस्कृति, पर्यटन सम्भावना तथा नेपाली समुदायको सकारात्मक सन्देश विश्वभर फैलाइरहेको एनआरएन युएईले जनाएको छ।

एनआरएन युएईले निराजन अर्यालको यो साहसिक अभियानलाई नेपाली युवाहरूका लागि प्रेरणादायी कार्यको रूपमा उल्लेख गर्दै उहाँको साहस, उत्साह, धैर्य र राष्ट्रप्रतिको समर्पणको उच्च प्रशंसा गरेको छ। कठिन चुनौतीहरू पार गर्दै निरन्तर यात्रा जारी राख्नुले नेपालको गौरवलाई विश्वसामु थप उचाइमा पुर्‍याएको संस्थाको भनाइ छ।

स्वागत कार्यक्रममा एनआरएन युएई परिवारले निराजन अर्याललाई सम्मान गर्दै युएई बसाइँका क्रममा आवश्यक सहयोग तथा सद्भाव व्यक्त गरेको छ। साथै, उहाँको युएई यात्रा अझ सुरक्षित, सहज र स्मरणीय होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

एनआरएन युएईले यस्ता अभियानहरूले नेपाललाई विश्वसँग जोड्ने, नेपाली समुदायलाई एकताबद्ध बनाउने तथा नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। संस्थाले निराजन अर्यालको अभियान सफलताको लागि निरन्तर साथ, समर्थन र शुभेच्छा रहने प्रतिबद्धता समेत जनाएको छ।

कमेन्टहरु