खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

नवलपुर टुडे
२०८२ फाल्गुन २ | बिहान ०७:११ बजे

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरी पालन प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।
नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार रु १० हजार ८०० लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो । कृषकले ५० प्रतिशत मात्र व्यहोर्नु परेको छ । बाँकी रकम नगरपालिकाले अनुदान स्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेष गरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा मौरी पालन प्रवर्द्धन कार्यक्रमका लागि नगर सभाबाट रु ६ लाख विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ ।


















