इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, मुख्य समाचार, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

बागलुङ भकुण्डे माझरका मगर जातिको झाम्रे गितको अध्ययन

याम बहादुर थापा मगर
२०८२ फाल्गुन १ | मध्यान्ह ०३:११ बजे

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे,धौलेचउर,बागलुङ
विषय प्रवेश
नेपालको एक मात्र झोलुङगे पुलको जिल्ला भनेर चिनिने बागलुङ जिल्ला एक पनि हो । कालीगण्डकीको तिर देखि ढोरापाटनको शिरसम्म पर्यटनका सम्भावनाहरु बोकेको,नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष,कालिका भगवती मन्दिर,घुम्टेको लेक,गाजाको दह, सर्वसिद्धि धाम पञ्चकोट, सत्यवती मन्दिर,बलेवा विमानस्थल, टेउवा मुर्ति सङग्राहलय, भ्युटावर,शोलेडाँडा,श्रीधराचार्य शालीग्राम संग्रहालय,गण्डकी स्वर्णिम पुल,कालीगण्डकी नदी, भैरव मन्दिर रहेका छन् । धवलागिरि क्षेत्रका गाउने लोकगितहरु पर्व गीत मध्ये भैलो –देउसी, सोरठी,ख्याली,घाटु,गोविचन,तीज होली रहेका छन् । संस्कार गीतहरु मध्ये रत्यौली, गाथा,खाँडो,महाल,सिलोक,भजन,ओख्खा रहेका छन् । कर्म गीत मध्ये असारे गीत, असारे बाली,साउने भाका, भदौरे भाका,मंसिरे दाइँ गीत, सँगिनी गीत, घाँस दाउरे गीत रहेको छ । झाँम्रे गितमा यानी माया सालैलो, भैच नानिले, विना सालैजो, साइला, सुनिमाया, चुट्के दोहोरी रहेका छन् । ( थापा,२०६६)
भकुण्डेमा हेर्न लायक थुप्रै ठाऊँहरु छन् । भुरे राजाहरुले राज्य गरेको ठाऊँ जहाँ अहिलेसम्म पनि ढिकी,जाँतो,ओखल,किल्लाहरु,भैरवस्थान मन्दिर,कुथुकर्मको लेक,मुलाबारी,बराहताल,चमेरे गुफा,मुलाबारी भ्युटावर,उच्च स्थानमा रहेको ठुलाताल खेलमैदान,सौरेको पिकनिक स्थल,भकुण्डे बागलुङ संग्राहलय, कालिगण्डकी भ्यू आदि रहेका छन् । त्यस्तै पर्यटकहरुको लागि विहानीपख देखिने सुर्योदय,रातमा लाग्ने टहटह जुनको उज्यालोमा दन्त फिजाएका हिमश्रृङखलाहरु,धौलागिरी हिमाल, माछापुच्छ्रे हिमाल, निलगिरी,मनास्लु, मकुर,टुक्चे,लमजुङ,गुर्जा,मुस्ताङ जस्ताहरु पिकहरुको दृश्यावलोकन गर्न र ग्रामिण रहनसहनमा रमाउन पर्यटकहरुलाई भरिपुर्ण छ । केही वर्ष पहिला निर्माण गरिएको मुलाबारी भ्युटावरबाट टाढा टाढा सम्मका दृश्यहरु सजिलै अवलोकन गर्न सकिन्छ । मौसम सफा रहेको अवस्थामा पाल्पाको श्रीनगरदेखि दुर्लुङकोट,पुलहिल,घुम्टेको लेक,हाडीकोट,गाजाको लेक लगायत अन्य दुरदराजमा रहेका चुचुराहरु देख्न सकिन्छ । ( भकुण्डे गा.वि.स.को वस्तुगत विवरण,२०७०)
बागलुङ भकुण्डे,माझरमा लोक गीतहरु मध्ये झाम्रे गीतका शाखाहरु मध्ये यानीमाया, सालैजो,विना सालैजो, चुटके दोहोरी गीतहरु गाउने गरेको पाइन्छ । झाम्रे गित गाउने परम्परा ज्यादै पुरानो प्रचलन हुनाले झाम्रे शब्द उत्पति र यसको अर्थमा एकरुपता पाइदैन । अधिकांश लेख्य ग्रन्थहरु र लिपिबद्ध सामग्रीहरु ‘भ्mयाउरे गीत’ शब्दको प्रयोग भएको पाइएपनि कथ्य भाषा वा जनस्तरमा ‘झाम्रेगीत’ शब्दको प्रयोग भएको पाइन्छ । कतै झाम्रे शब्दलाई झाँप्रे शब्दको समेत प्रयोग भएको पाइन्छ । लोकगितलाई नै झाम्रे गीत भन्ने अर्थमा प्रयोग गरेको पाइन्छ । लोक गित अन्तर्गत भैलो,सालैजो,ख्याली,तीजगीत,भजन,घाटु,गोविचन आदि गीतहरु पर्दछन । यी गीतहरुलाई कसैले पनि झाम्रे वा भ्mयाउरे गी भन्दैनन । बरु चुड्का वा बाह्रमासे गीतलाई नै हिजोआज भ्mयाउरे गीत भनी भन्दछन् भन्ने भनाइ सार्थक देखिन्छ ( कन्दङवा,२०२० ः२१२ ) ।

मगर जातिमा झाम्रे गितको समस्याको कथन
नेपालको आदिवासीहरु मध्ये मगर जाति प्रमुख आदिवासी हुन् । कुनै पनि जातिको अस्तित्व उसको धर्म, संस्कार, परम्परा रितीरिवाज, सांस्कृतिक,सामाजिक प्रथामा अडेको हुन्छ । यी विभिन्न परम्पराले पृथक जातिय पहिचान झल्काई रहेको हुन्छ । नेपाल विश्वमा नै बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकोले प्रत्येक जात जातिहरुको मौलिक सांस्कृतिक गरिमा कायम रहेको देशको रुपमा परिचित छ ।
प्रस्तुत शोधकार्यको मुख्य उद्धेश्य गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे,माझर टोलमा प्रचलित रहेको झाम्रे गित अथवा झाउरे गित लोप हुन लागेको अवस्थामा छ । युवा पुस्ताहरुले सिक्ने र संरक्षण गर्ने प्रचलनमा कमी वा गिरावट आएको छ । बसाइ सराईको बढदो प्रभावले मगर समुदायको जिवनशैलीसँग जोडिएको झाम्रे गितका बारेमा अध्ययन र अनुसन्धान भएको पाइदैन । न्वारन, वर्तबन्ध, विवाह,मेला महोत्सव, घर पैचो, कोदो कोदने समयमा खुब प्रचलित झाम्रे गित आगामी पुस्ताहरुको लागि अध्ययन सामाग्री निर्माण गर्न र संरक्षणमा टेवा पुग्ने हिसावले बागलुङ भकुण्डेका मगरहरु र उनीहरुको विभिन्न परम्पराको अध्ययन अनुसन्धान गर्न आवश्यक महशुस गरी अध्ययन अनुसन्धान गरिएको छ ।
भकुण्डेका मगर पुर्खाहरुले झाम्रे गितहरु के कसरी गाउँदै आएका थिए र मनोरन्जन कार्य गर्दै आएका थिए । वर्तमान पुस्तामा झाम्रे गितहरु लोप जस्तै हुन लागेको अवस्थामा पुगेको छ । प्रशिक्षण गरेर युवाायुवतीहरुलाई सिकाउने प्रचलन नभएको अवस्था छ । बाँझो जग्गा जमिन बनाउँदै युवा युवतीहरु विदेश पलायन हुने बढदो क्रमले स्थानीय मेला,महोत्सव हराँउदै जाने र लोक गित, लोक सस्कृति समेत हराउँदै गएको अवस्था छ । लोक साहित्य, लोक गित, झाम्रे गितहरुका बारेमा विभिन्न विज्ञहरुले पुस्तकहरु प्रकाशित गरेका पुस्तकहरु लेखेको पाइन्छ । तर अधिक मगर जाति बसोबास गर्ने बागलुङ भकुण्डे गाउँका बारेमा मगरहरुको परम्परा,सस्कृति र झाम्रे गितहरुका बारेमा कोही कसैबाट लेखेको पाईएन । त्यसैले यस सम्बन्धी अनुसन्धान गर्नु आवश्यक छ र झाम्रे गितका बारेमा परम्परागत रुपमा चल्दै आएको प्रचलन र त्यहाँँका मगरहरुबारेमा सत्य तथ्य जानकारी आम मगर समुदायमा ल्याउन पनि त्यत्तिकै महत्वपूर्ण भएकोले अध्ययन गर्न लागिएको छ ।
कुनै पनि परम्पराको विगत तथा वर्तमान हुन्छ अनि भविष्य पनि । त्यसैले भकुण्डेका मगर पुर्खाहरुले अँगाल्दै आएका झाम्रे गितहरु तथा लोक गितहरुको मगर परम्परालाई वर्तमान मगरहरु र भावी मगर पुस्ताहरुले जानकारी पाउनु आवश्यक हुन्छ । यही कारणले मगर समुदायमा जिवन्त रुपमा रहेको झाम्रे गितका बारेमा अध्ययन गरेरर यर्थाथ वस्तुस्थिति तथा लोक सस्कृतिलाई झल्काउनु र संरक्षण गर्नु प्रस्तुत शोधकार्यको उद्धेश्य हो ।
भकुण्डेका मगरहरु र झाम्रे गित तथा झाउरे गितको इतिहास देखि हालसम्मका बारेमा विस्तृत अध्ययन र शोध खोज गर्ने आवश्यकता महसुश गरी उक्त शोधकार्य तयार पारिएको हो । यस झाम्रे गित लोक परम्परालाई मगर सन्ततीहरुले जानकारी पाउन मद्धत पुग्ने हुनाले लोक गायक, लोक दोहोरी, युवटुव च्यानल, शहरका दोहोरी साँझहरुमा पेशाका रुपमा प्रभाव पारेको बारेमा समाजशास्त्रीय रुपमा गहन अध्ययनको खाँचो रहेको छ । कुनै पनि लोक परम्परा राष्ट्रको गहना हो, सम्पत्ति हो । यस्ता महत्वपुर्ण परम्परालाई जोगाउनु प्रत्येक नेपालीको कर्तव्य पनि हो । परम्परागत लोक सस्कृतिहरुलाई सरक्षण गर्न नसकेका मगरहरु आफनो मौलिक सस्कृतिको संरक्षण गर्ने भन्दा आधारभुत आवश्यकताको परिपुर्ति गर्ने सन्दर्भमा मात्रै सिमित रहन पुगेको पाइन्छ । मौलिक लोकसंस्कृति, रितिरिवाज, विवाह सस्कार, चाडपर्व, पुजाआजा, विस्तारै परसस्कृतिकरणको प्रभावले हराउँदै जाने स्थिति देखा परेको छ । आजको परिवर्तित सन्दर्भमा पनि मगर जाति अन्धविश्वास र रुढीबादी मान्यताबाट ग्रसीत छ । हरेक सस्कारगत कार्यमा जाड रक्सी अनिवार्य चाहिने अतिथि सस्कारमा रक्सीले स्वागत गर्ने प्रचलनले सामाजिक, सांस्कृति एवं आर्थिक जीवनमा नकारात्मक प्रभाव पारेको देखिन्छ । त्यसैले यो अध्ययन अनुसन्धानमा निम्न प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको छ ।
१) झाम्रे गित गाउनेको प्रचलनको सामाजिक,सांस्कृतिक,आर्थिक महत्व के थियो ?
२) झाम्रे गित गाउने थालनी कहिले,कसरी भई वर्तमान अवस्थामा घरबास कार्यक्रम बिचमा सम्बन्ध के छ ?
३) झाम्रे गितको संरक्षण गर्नु किन आवश्यक छ ?
मगर जातिमा झाम्रे गित अध्ययनको उद्धेश्य
नेपाल बहुजातिय,बहुसास्कृृतिक मुलुक भएकोले देशको वास्तविकतालाई केलाउनको लागि यस राष्ट्रमा बसोबास गर्ने सम्पुर्ण जातजातिहरुको सामाजिक,सांस्कृतिक, शैक्षिक, आर्थिक, राजनैतिक,धार्मिक पक्षमाथि अध्ययन गर्नु नितान्त आवश्यक छ । सो अध्ययनबाट नै यस देशका जनजातिहरुको वास्तविक यर्थाथ नजिक पुगरे लोक सम्पत्तिका बारेमा थाहा पाउन सकिन्छ । कुनै पनि जाति÷जनजातिको उसको सामाजिक,आर्थिक, सांस्कृतिक, परम्पराको अध्ययनबाट कुन जातिको परम्परा सुदृढ छ र कुन जातिको जातिय परम्परा लोप भैसकेको छ ? भन्नेबारे यथार्थता पत्ता लगाई त्यसको संरक्षण गर्नका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
कुनै पनि समाजको अभ्ययन अनुसन्धान गर्नु एक निरन्तर चलीरहने प्रकृया भएकोले गतिशिल समाजको अध्ययन अनुसन्धान गर्नु महत्वपुर्ण कार्य हो । कुनै पनि जाति समुदायको पेशाको अध्ययनबाट त्यस समुदायको बारेमा विभिन्न तथ्य, ज्ञान, परम्परा, इतिहास, चालचलन, रीतिथितीहरु पत्ता लाग्दछ । ती तथ्य पत्ता लगाउन अनुसन्धान विना सम्भव हुदैन । तसर्थ यो अध्ययन बागलुङ भकुण्डेका मगरहरुले विगत समय देखि हालसम्म गाउँदै आएको झाम्रे गितहरुको सकारात्मक प्रभावका बारेमा अध्ययन अनुसन्धानको विषय रहेको छ ।
बागलुङ जिल्ला बागलुङ नगरपालिका १० भकुण्डे गाऊँ माझर टोल अध्ययन क्षेत्रका मगरहरुले विगतको समय देखि नै झाम्रे गित दशै,तिहार, वर्तवन्ध, न्वारन,विवाह, कोदो गोढ्ने समयमा गाउने परम्परा चलि आएको र युवा पुस्तामा हस्तान्तरण कम मात्रामा भएकोले परम्परागत लोक गितहरु हराउँदै जाने अवस्था देखिएको छ । त्यसै कारण र असरहरुले अध्ययन गर्न अध्ययनकर्ताको रुचि रहेकोले अध्ययनको निम्न औचित्य रहेको छ ।
१) बागलुङ भकुण्डे, माझर टोलका मगरहरुले विगत समय देखि हालसम्म गाउने झाम्रे गितहरुमा अध्ययनले लोक सस्कृति र लोक परम्पराको बारेमा भकुण्डेका मगर जनजातिको राम्ररी पहिचान हुनेछ ।
२) यस अध्ययनले बागलुङ भकुण्डेका मगरहरुले झाम्रे गितहरु परम्परागत कला,शिपको बारेमा जानकारी भई ऐतिहासिक ज्ञान,शिपका बारेमा जानकारी हुनेछ ।
३) यस अध्ययनले भकुण्डे, माझर टोलका मगर जातिहरुको परम्परागत पेशा साथै मगरहरुको आथिक, सामाजिक, सांस्कृतिक रुपमा रहेको ज्ञान,सीपको संरक्षण,सम्बद्र्धन र विकासमा टेवा पुग्ने छ ।
४) अध्ययन क्षेत्र भित्र रहेका मगर समुदायमा झाम्रे गित गाउने प्रचलित रहनसहन,भेषभुषा र चाडपर्वका सम्बन्धमा प्रकाश पारिने छ ।
५) भकुण्डेका मगरहरुको झाम्रे गित गाउने शिप,कलाको गहिराइमा जानकारी हुनुका साथै नेपालको आदिवासी जनजातिको ज्ञान,शिपको अध्ययन अनुसन्धान गर्न पनि केही थप टेवा पुग्ने आशा गरिएको छ ।
मगर जाातिमा झाम्रे गितको अध्ययनको महत्व
मगर जाति नेपालको इतिहासमा काालान्तर देखि नै राज्यको विविध स्थानहरुमा बसोवास गर्दै आएको र राज्यका लागि महत्वपुर्ण योगदान पुरयाउँदै आएको एक जनजाति हो । नेपालको प्राय जुनसुकै भागमा मगरहरुको बसोबास रहेको पाईन्छ । तथापी यस मगरहरुको बारेमा विविध पक्षहरुको विस्तृत अध्ययन अनुसन्धान भएको छैन । त्यसै गरी बागलुङ जिल्लामा पनि प्राय सबै भागमा बहुसख्यक रुपमा मगरहरुको बसोबास रहेको छ । यस बागलुङ जिल्लाको मगरहरुको विविध पक्षमा विस्तृत अध्ययन अनुसन्धान हुन बाँकी नै छ ।
बागलुङ जिल्लाको सम्पुर्ण भागमा मगरहरुको बस्ती पाइन्छ । मगर जातिको घना बस्ती भएको क्षेत्रमा पर्ने बागलुङ जिल्लाको मगरहरुको विषयमा कुनै प्रकारको अध्ययन अनुसन्धान गहिरोसँग हुन नसकेको र उनीहरुको समग्र विकासको लागि कुनै सरकारी एवं गैरसरकारी तवरबाट कुनै ठोस कार्यक्रम सञ्चालन हुन सकेको छैन । नेपालका बहुसख्यक मगरहरु मध्ये भकुण्डेका मगरहरुको झाम्रे गित लोक परम्परा बारे अहिलेसम्म कोही कतैबाट खोज अनुसन्धान गरेको नपाइएकोले यस बारे अध्ययन अनुसन्धान गर्नु आवश्यक देखिन्छ ।
जिल्लाका आधारमा भन्नुपर्दा मगरहरु बसोवास गर्ने जिल्ला पाल्पा, तनहुँ, बागलुङ,म्याग्दी,धनुषा,रोल्पा,रुकुम,दैलेख आदि प्रमुख छन् भने अन्य जिल्लामा मगरहरुको बसोबास केही मात्रामा कम छ । साथै नेपालको प्रायः सबै जिल्लामा मगरहरुको बसोबास धेरै थोरै पाइन्छ । बागलुङ जिल्लाको १० स्थानीय पालिका मध्ये बागलुङ नगरपालिका १० भकुण्डे, माझर गाउँका मगर समुदाय बढी मात्रामा बसोवास गर्ने एक पर्यटकीय होमस्टे भएको स्थानहरु मध्ये एक हो । भकुण्डे गाऊँमा बहुसख्यक रुपमा मगर जातिहरुको बसोबास रहेको छ भने अन्य जातिहरु बाहुन,क्षेत्री, कामी,दमाई,सार्की,मल्ल,शाही, रायमाझी आदि रहेका छन् । बागलुङ भकुण्डेका मगरहरु र झाम्रे गित गाउने लोक परम्परा बीचको अध्ययनले यस ठाउँका मगरहरुको लोक गित वा झाम्रे गित गाउने कला र सिपमा महिला र पुरुषको के कस्तो संलग्नता रहेको थियो भन्ने जस्ता प्रश्नहरुको उत्तर खोजिएको छ ।
यहाँका मगरहरु विगतकालमा झाम्रे गितहरु गाउँदै गाउँ गाउँमा लामो समयसम्म जाने, सात दिन सात रात सम्म गित गाउने, असारे कोदो कोढने मेलामा, वर्तबन्ध, न्वारन, दशै,तिहार,पुषे पन्ध्र, साउने सक्रान्ती मेला, हरेलो पर्व मेला, माघे सक्रान्ति मेला, तिज हरितालिकाका मेलामा गित गाउने प्रचलन रहदै आएको थियो । मगर समुदायका युवा युवती, बुढाबुढीहरुमा झाम्रे गित गाउने शीप,ज्ञान,प्रविधि आदिको जानकारी अन्य समुदायका मानिसहरु र अन्य स्थान वा भुगोलका मानिसलाई थाहा नभएकोले मौखिक रुपमा रहेको झाम्रे गितहरु आधिकारीक दस्तावेजका रुपका जानकारी नभएकोले अध्ययन अनुसन्धान गर्न आवश्यक छ ।
बागलुङ भकुण्डेका मगर जनजाति आदिवासीहरुले झाम्रे गितहरु परम्परा देखि नै कुल लय,भाकामा गित गाउने र हालसम्म झाम्रे गितहरु गाउँदै आउनु भएको छ भन्ने बारेमा ठेट नेपाली भाषाका लोक साहित्य र सस्कृतीको एक सानो भाग मानेर झाम्रे गीतका भाकाहरुमा केन्द्रित भई उनीहरुले प्रयोग गर्ने पुराना लयका ज्ञानबद्र्धक,माया प्रेम, दुख,पिडा र दर्दका भावनाहरुलाई समेटी उजागर गर्नमा यस शोध प्रस्ताव केन्द्रित रहेको छ ।
यसरी झाम्रे गित गाउने कला,गला भइकन पनि अझै अहिले प्रविधि र व्यवसायिक क्षेत्रमा प्रतिस्पर्धा नगर्न नसकेकी गाउँले जिवनमा समस्या झेलिरहेका भकुण्डेका मगर समुदायमा झाम्रे गित गाउने कलाकारहरुको समस्यालाई नजिकबाट राष्ट्र सामु जाकारी गराउने उद्धेश्यले बागलुङ जिल्लाको भकुण्डे गाउँका मगर समुदायका युवा युवती देखि बुढाबुढीहरुलाई समेटेर अध्ययन गरिएको छ ।
१) यहाँका मगरजातिको मुल्य,मान्यता सस्कृतिको विशेषतामा प्रकाश पार्ने प्रयास गरिएको छ ।
२) यस अध्ययनबाट यहाँका मगरहरुको सिमित मात्रामा भए पनि झाम्रे गित परम्परालाई अत्यन्त संवेदनशील भई अध्ययन गर्ने प्रयास गरिएको छ ।

मगर जातिको इतिहास बारेमा जानकारी
बराल मगर ( २०५०) का अनुसार नेपालका मगरहरु पाँच समुहबाट नेपाल प्रवेश गरेका थिए । जसमा पहिलो समुह पश्चिम भेगबाट आएका मनाङबाका सन्तानहरु नै सर्वप्रथम २३०० इं.पु. तिर प्रवेश गरेका थिए । त्यस्तै दोश्रो समुह आसामबाट र पाँचौ समुह दक्षिण भेगबाट नेपालमा प्रवेश गरेका थिए । मगर जातिको उत्पत्ति चीनको सिम भन्ने स्थानबाट भएको र यिनीहरुलाई स्थानीय मानिसहरुले ’तानसाङ थापा‘ भन्दथे, किनमेल तासनाको अर्थ उत्तर र आङको अर्थमा भन्ने हुन्छ । मगर समाजमा विभिन्न संस्कार र चाडपर्वमा नाचिने नाचहरु सोरठी, घाँटु,कोछा र यौनाच हुन् । मगरहरुका विभिन्न थर र उपथरहरुका बारेमा बताएका छन् । जो यस प्रकार छन् ः आले मगर, घर्ती मगर, थापा मगर, पुन मगर र राना मगर ।
शमा, २०५२ का अनुसार मगरहरुको बसोबास मुख्यतया मगरातका नामले प्रचलित छ । वर्तमानमा पाल्पा, पर्वत, गुल्मी,रोल्पा,रुकुम,सल्यान,डोल्पा अर्घाखाची आदि जिल्ला र लुम्बिनी,भेरी र राप्ती अंचलका मगर बस्तीको बाहुल्यता रहिआएको छ । यि क्षेत्रमा सेनाहरुको प्रभुत्व हुनु अगाडी यहाँका मगरहरु हर्ता कर्ता थिए । मगरहरुका परम्परागत घरहरु ढुगा माटोले बनेका, भित्र बाहिर गोबर माटोले पोतेको र खर डुगाले छाएको हुन्छ । घरमा बार्दली र कौशी निकालीएको हुन्छ । भुईतलामा अगेना चुलो राखिएको र एउटा कुनामा घरका देवता राखी पुजा गर्ने गरेको पाइन्छ । हरेक वर्षको जेठ महिनामा कुल पुजा हुन्छ । यस जातिको विवाह संस्कार दुलाहले दुलहीलाई उपहार पठाउने र सो उपहार दुलही तर्फबाट स्वीकार भएपछि मात्र विवाह पक्का भएको मानिन्छ । कुनै कारण वश विवाह नहुने भएमा दलही पक्षले हर्जाना तिर्नुपर्दछ । केटी भगाएर विवाह गर्ने चलन पनि मगर समुदायमा रहि आएको छ । मगर समाजमा विधवा विवाहलाई पनि मान्यता दिईन्छ । यस्तो विवाहमा दुलही भित्राउदा केटाले चुरा मात्र दिन्दछन् । सिन्दुर भने दिदैनन । मगर समुदायमा नारी स्वतन्त्रता पाईन्छ । विवाहित महिलाको सम्पत्तिमा आफनो हक लाग्ने र लोग्ने सँग मन नमिले माईती फर्कन सक्ने, पारपाचुके वा अर्को विवाह गर्न सक्ने मान्यता रहेको पाईन्छ ।
बुढा मगर (२०५३) ले आपनो पुस्तकमा मगरहरुको उत्पत्तिको बारेमा ई.स.को नबौ शताब्दीमा युरालसबाट मग्यार घोडचढीहरुको हेगेरी अवस्थीत देयुव र तिजामा आई बसोबास गरेका हुन् । यसै गरी मगर भाषासँग मग्यार भाषाको शब्दहरु उच्चाहरणमा समानता पाईएको छ । यसै गरि १६ औ शताब्दीको अन्त्य र १७ औ शताब्दीको शुरुमा मगरात देश भनी प्रसिद्ध पाएको पाल्पाको मानचित्र अहिले जस्तो सानो नभएर ठुलो थियो । यसको पूर्व सिमाना हालको कोशी नदी ८० किलो मिटरमा अवस्थित झापा र भारतका पुर्विया एवं जलपाईगडि सम्म पश्चिममा अर्घाखाची र गुल्मी सम्म उत्तरमा मुस्ताङ कोट र दक्षिणमा गंगा किनारा मुजफरपुर छपारा जिल्लासम्म रहेको पाईन्छ । यसै गरि मगरहरुलाई क,ख र ग गरेर ३ वटा थर र उपथरमा विभाजन गरिएको छ ।
तालिका नं. १
मगरहरुको थर विभाजन
क् थापा मगर राना मगर आले मगर
अर्खाली उपथर असमालि उपथर असमालि उपथर
गरञ्न उपथर गुरु धाने उपथर गेलागि उपथर
थन्यालि उपथर धरवर उपथर दमौली उपथर
ख आले, बलामी, दुरेल, गोलुङग सिंजाली,देग्गालि, रेश्मि, लुङगेली बलम, पुलामी,सिर्पाली, पेवालि
ग बुढाथोकी घर्ति पुन
बलकोट,नामजाली,थाप्री, लाम्छाने र सिरिस यूमाल,गर्कला,सिंजाली, दमागी बैसाली, पहरे,तजाली,थानी

यी बाहेक रोका थर अन्र्तगत राम्जाली,बझांजी,रोकाम आदि रोका थर रहेका छन् ।
शर्मा २०५७ आफनो पुस्तकमा यिनले मगरहरुको मुलथलोको रुपमा पश्चिम नेपाललाई लिएका छन् । मगरहरुको मुलथलो भन्नाले कालीगण्डकी भन्दा पश्चिम कर्णाली भन्दा पुर्व चुरे पर्वत श्रृखला भन्दा उत्तर र हिमपात हुने हिमाली भाग भन्दा दक्षिणको विशाल भु–भाग मगरहरुको मुल थलो हो । नेपाल प्रवेश गर्ने क्रममा उत्तरबाट हुणहरु नेपाल आए त्यसको पछि अर्को जाति पनि आए । ती हेप्ताल थिए । यिनीहरुमा हुणको छाप सांस्कृतिक थियो । अठारौ शताब्दीमा हेप्तालहरुले हिन्दु धर्म अपनाएर क्षेत्रीय भएपछि आफनो परम्परालाई कायम राख्न असमर्थ भए । यिनीहरुल नै मगर भएका हुन भन्ने जनविश्वास रहेको छ । मगरजातीमा मामाचेली र फुपुचेलीमा विवाह हुने प्रचलन छ भने ब्राहमण पुरेत वा आफनै जातको पुरेत लगाउने चलन छ । जसलाई भुसाल भनिन्छ । सुतक परेमा १५ दिनमा चोख्याउछन् यिनीले मगरलाई ३ प्रकारमा विभाजन गरेका छन् । जुन यस प्रकार छन् । १) थापा मगर २) राना मगर ३) आले मगर
माथि उल्लेखित साहित्य समिक्षालाई हेर्दा कुनै पनि विद्धानहरुले मगर जातीको सामाजिक,सांस्कृतिक र आर्थिक अवस्थाको गहन अध्ययन भएको पाइदैन र एक अर्कामा तालमेल देखिदैन । त्यसैले प्रस्तुत अध्ययनमा निश्चित क्षेत्रमा बसोवास गर्ने मगर जातिको सामाजिक,सांस्कृतिक र आर्थिक अवस्थाको गहन अध्ययन गर्ने प्रयास गरिएको छ ।
बुढा मगर (२०५३) एकमत अनुसार पश्चिम चीनको खाम प्रदेशबाट खाम भाषीहरु पश्चिम नेपालको पहाडी क्षेत्रमा रोल्पा, रुकुम आदीमा बसोबास गर्न थाले । यिनीहरुलाई खाम मगर भनिन्छ । हंगेरीमा मग्यार जाती र नेपालका मगरहरु बिच रक्त लगायत अन्य समानता पाईन्छ । यस सन्दर्भमा हंगेरीयाली विद्धान अलेक्जेण्डर द कोरेस चोमा ९ ब्भिहबलमभच मभ पयचगक मभ अकयmब ० को नाम विशेष रुपमा उल्mलेखित छ ।
बराल मगर पृष्ठ ( ०६५ – ०६६ ) मगर विवाहको पहिलो आवश्यकता गोत्र कुल पृथक गरेर विवाहको लागि बर वा कन्या रोज्नु हो । मगरका सयौं थरहरु छन् सोही अनुसार गोत्रहरु पनि छन् । थर गोत्र पृथक गरेपछि दोश्रो प्रकृया मामाचेली फुपु चेली सम्बन्धमा विवाहको व्यवस्था गर्नु हो । नेपालका मातृसत्तात्मक समुहमा यस्तो विवाह प्रचलित छ । केही समुहमा यस्तो प्रथा हट्दै गएपनि गुरुङ र मगर समाजमा यस्तो प्रथा अहिले पनि लोकप्रिय छ । यस सम्बन्धमा वर वा कन्या नभएमा मात्र थर गोत्र पृथक गरी अरु परिवारमा गई विवाह गर्ने चलन छ । तनहुँ र स्याङजाका मगरहरुमा भने मामा चेलो र फुपु चेलीमा विवाह प्रचलन छैन । कहि कहि मामा चेली फुपु चेली विवाह नगरे जरिवाना समेत गर्ने चलन थियो । कहि कहि सात देखि चौध पुस्ता फरक गरेपछि एकै थरमा पनि विवाह गर्ने प्रलचन छ ।
विष्ट (१९७६) नेपालको धार्मिक मत र सामाजिक संरचना अमुर्त वस्तुलाई मुर्त रुप दिने र अदृष्य शक्तिलाई उपासनाको वस्तु बनाउने आदिम धर्म मगरहरुको मौलिक धर्म र आस्था परम्परा हो । यो भएपनि मगरहरु खासगरी मध्य पहाडको दक्षिणभेग र हिन्दु जातीको बाहुल्य भएका गाऊँबस्तीहरुमा हिन्दुर्धम र परम्पराको अनुसरण गर्दछन् । उत्तरी क्षेत्रमा मगरहरुको धार्मिक आस्था भने बोम्पो तिब्बती बौद्ध धर्मसित नजिक देखिन्छन् । व्यवहारिक हिन्दुधर्मको अनुसरण गर्ने मगरहरु ब्राह्रमण, पुरोहित नियुक्त गरी धार्मिक क्रियाकलाप सम्पन्न गर्दछन् । उत्तर तर्फ भने लामा, झाक्री,पुरोहितको पनि प्रयोग गर्दछन् । मगरहरुले पुजा गर्ने देवताहरुमा विष्णु,महादेव,रामचन्द्र,कृष्ण,गणेश,लक्ष्मी भवानी आदिलाई मान्दछन् ।
शर्मा (२०५०) मगरहरु दशै तिहार आदि हिन्दु चाडपर्व पनि मनाउँदछन । धार्मिक विश्वास र क्रियाकलापका आधारमा नै मगरहरु हिन्दु हुन भनी जनकलाल शर्मा लेख्नुहुन्छ । ९ब्गनगकतब ःयलिबच ज्ञढडज्ञ० खाम भाषा बोल्ने मगरहरु जनजाति समुहमा पर्दछन । रोल्पा,रुकुम र धौलागिरी पश्चिमी भेगमा यिनीहरुको बसोवास रहेको छ । खाम भाषा तिब्वती बर्मेली भाषिक समुहको भाषा हो । खाम भाषा बोल्नेहरुले आफुहरुलाई तिब्बतीबाट उत्पत्ति भएको हो भन्ने कुरा दावी गर्दछन र स्वयं उनीहरुको सिङ्गो मगरहरु भन्दा सांस्कृतिक रुपमा उनीहरु पृथक छन् । खाम मगरहरुको थर बुढा,रोका,घर्ति,पुन र झाक्री गरी पाँच वटामा विभाजित छ । खाम मगरहरुको थर विवाह स्थानीय स्तरका आफनै जात सँग हुन्छ । विवाह पछि जेठो छोरो छुट्टिएर बस्दछन भने कान्छो छोराले बाबु आमा र घर वरपरको हेरविचार गर्नुपर्दछ । उक्त समाजमा पैत्रिक सम्पत्ती सबै छोराहरुमा समान रुपमा भागवण्डा लगाईन्छ ।
तिमिल्सिना (२००६) का अनुसार मगर जाति मझौला कदका,डोला,अनुहार भएका,कालो कपाल भएका,दह्रिलो बनोटका हुन्छन् । उनीहरु शान्त,मिजासिला,दयालु,सोझा,बहादुर र साँचो मनका हुन्छन् । मगर जातिमा विविध थर हुन्छन् । सारु,समाल,लायो,पुलामी,माप्छान,रैका,फेवाली,खपाङ्गी,दर्लामी,आले,बुढाथोकी,राना,थापा,पुन आदि थरहरु मगर जातिमा पाईन्छन् । भनिएको छ कि मगर जातिमा ७०० थर छन् । मगर जातिको धर्म उद्रमताको हिसाबले प्राकृतिक धर्म हो । घाम,पानी,पितृ पुजा,नाग नागेनी,सिमे भुमे, भुत प्रेत,आगो आदिको पुजा गर्ने चलन प्राकृतिक धर्ममा पर्दछ । पछि आएर उत्तर नेपालका मगरहरुले बौद्ध धर्मालम्बीसँगको तारतम्यतामा बौद्ध धर्म अवलम्बन गरेको र दक्षिण भेगका मगरहरु संस्कृतिकरण भई हिन्दु धर्म मान्न थालेको ईतिहास पाईन्छ ।
नाम मगर (२०१०) का अनुसार मगर जातिको सांस्कृतिक परम्परा पनि बुद्ध संस्कारसँग मेल रहेको छ । जस्तो चण्डी पुजा,बुद्ध भगवानको गृह त्यागेर निस्कनु भएपछि उहाँले आफनो कपाल (चुडा) काटेर फाल्दा देवताहरुले राखेर पुजा गर्दथे । यही विश्वासलाई लिएर मगरहरुलाई वैशाख पुर्णिमाको दिनमा चण्डी पुजा गरिएको हो । पछि हिन्दुको अतिकर्मन भएपछि सोही पुजालाई बलि पुजामा परिवर्तन गरेका हुन । बुद्ध भगवानको पैतलामा माछा र कमलको फुल चिन्ह अंकित थियो । बुद्ध भगवानको परिनिब्वन पश्यात नाग (मगर)हरुले त्यहि रुपलाई देउ वडाको नाममा पुजा गर्न थालेका थिए । मगर भाषामा देउको अर्थ देवता र बडाको अर्थ ठुलो मान्यजन हुन्छ । बुद्ध भगवानलाई ठुलो देवता भनेर मान्ने गरेको थियो । पछि त्यहि देउ वडा शब्द देउ बाराही भएको हो र मगरहरुको नाचहरु पनि धार्मिक भएको हँुदा देउस्याहा अर्थात देवताको नाच भनेर भनिने चलन छ । किनकी मगर भाषाबाट देउ भनेको देवता र स्याहा भनेको नाच हुन्छ । यही नै देउस्याहा भन्दा भन्दै पछि आएर देउसी हुन गएको हो । आज पनि मगर जातिको घरको मुल ढोकामा कमलको फुलको बुटटा बनाउने चलन रहेको छ । बुद्ध धर्ममा कमलको फुललाई शुभ–चिन्हको रुपमा पुजा गरिन्छ । यसरी मगरहरुको मौलिक परम्परा बुद्ध धर्म सँग नजिक रहेको छ ।
जि.एम .(२०१०) का अनुसार कला संस्कृति र चाड पर्वको विविधताले सम्पन्न मगर समुदाय जनसंख्याको दुष्टिकोणले नेपालको तेश्रो ठुलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति हो। नेपालको प्राय सबै जिल्लामा बसोबास गर्दै आएका मगरहरुले भव्यताका साथ मनाउने विभिन्न चाड पर्वहरु मध्ये माघे संक्रान्ति पनि एक प्रमुख चाड हो । मगर र थारु समुदायको परम्परागत चाड भएपनि माघे संक्रान्तिलाई सम्पुर्ण नेपालीहरुले राष्ट्रव्यापी रुपमा धुमधामका साथ मनाउने गर्दछन । परापुर्वकाल देखि मनाउदै आए पनि यो चाड सम्पुर्ण मगर समुदायको निम्ति गत माघ १, २०६५ बाट विशेष हर्ष उल्लासका साथ मनाउन शुरु गरिएको छ । सरकारले २०६५ सालबाट यसलाई राष्ट्रिय पर्व तथा मगर समुदायको प्रमुख पर्वको रुपमा मान्यता प्रदान गरेपछि यसलाई विशेष महत्वका साथ मनाउन शुरु गरिएको छ । सरकारले यस प्रकारको कदमले गर्दा सम्पुर्ण मगर तथा थारु समुदायका दाजुभाई दिदीबहिनीरुमा नयाँ रमझमको रक्तसंचार गरेको छ । सरकारले आधिकारीक रुपमा माघे संक्रान्तिलाई मगर,थारु तथा सम्पुर्ण नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा घोषणा गरेपछि विगत देखि धुमधामका साथ मनाउदै आएका मगर तथा थारु समुदाय निकै हर्षित भएका छन् ।
शाक्य २०११ का अनुसार – परार्पुवकालमा बुद्धले बोल्ने भाषालाई पाली वा मागधि पनि भनिन्छ ।अशोक स्तम्भमा लेखिएको भाषा मागधि या पाली हो र यो ब्राम्ही लिपीमा लेखिएको छ । एम.एस.थापा मगरले “मगर भाषा र अक्खा लिपी” पुस्तकमा लुम्बिनीको अशोक स्तम्भमा कुदिएको भाषा र लिपी नै मगर जातीको पुरानो मौलिक भाषा र लिपी हो भनेका छन् । यो हिसाबले मगर जाती र मगध राज्यको सम्बन्ध देखिन्छ । चीनको ऐतिहासिक जन्तु ड्रागन गंगा मैदानका नदीहरुमा पाइने गोहीहरु हुन जसलाई मगर मच्छ भनिन्छ । यो भनेको मंगोल माछा भनेको हो । यसरी मंगोलिया देखि मगधसम्म फैलिएको भु–भाग नै प्राचिन मगरात हो । तर मगर जाती र मगरात भन्नाले हालको नेपालको सबैभन्दा ठुलो जनजाति र पुर्वमा त्रिशुली र पश्चिममा कर्णाली नदी बिचको मध्य पहाडी भुभाग भन्ने बुझिन्छ । ईशा ११ शताब्दी तिर खस साम्राज्यको ऐतिहासिक अभिलेखमा “मंग्वर विषय” भनिएको छ । पछि खस साम्राज्य विस्तार हुँदै जाँदा खस र मगरहरु छयासमिस भए । बुढाथोकी(बुढा),रोका,थापा,राना आदि थरहरु खस र मगर दुवै जातिमा पाइन्छन् । हड्सनको भनाइ अनुसार जो मगरहरु खस साम्राज्यको अधिनमा परे तिनीहरु खस भए । जो मगरहरु मगरातमा परे तिनीहरु मगर भए । पछि बाइसे चौविसे राज्यमा विखण्डित खस राज्यहरु देखा परे पछि छ्यासमिस हुदै गए ।
झेडी मगर २००९ का अनुसार
धवलागिरी क्षेत्रमा मगर बस्ती बाक्लो हुनाले यसलाई मगरात क्षेत्र भनेर चिनिन्छ । मध्यपश्चिमाञ्चलको मस्र्याङदी नदी देखि प्युठानसम्मको प्रदेशलाई मगरात क्षेत्र भनिएको र सर्भे अफ इन्डिया अफिसको अप्रिलिमिनरी एडिस अफ द म्याप अफ नेपाल ( १९२३इ.) अन्तर्गत पनि मगरवंग नामक प्रदेशको नक्शा धवलागिरि हिमालको काखमा पाइनुले पनि त्यस क्षेत्रमा मगरात राज्य थियो भन्ने कुराको प्रमाण जुटाउनमा सहयोग पुगेको छ । पर्वतराज्यका अन्तिम राजा कीर्तिबम मल्लको समयमा लेखिएको एउटा कागत पत्रमा निसेलभुलेल क्षेत्रको सामन्ती मगर राज्यलाई दिनुपर्ने उपहार भन्ने अर्थमा ‘भुजेल सिर्ता’ उपलब्ध भएको हुनाले पनि बागलुङको निसी –भुजी क्षेत्रका मगरहरु नै त्यस क्षेत्रका शासक थिए ( थापा,२०६५) ।
मगर जातिमा अध्ययन क्षेत्रको औचित्य
नेपालको गण्डकी प्रदेश मध्ये बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे,माझर एक मगर बाहुल्यता भएको गाऊँ हो । तुलनात्मक रुपमा अरु गाऊँ भन्दा विकासका पुर्वाधारहरुका आधारमा पछाडी परेको भकुण्डे गाऊँ पर्दछ । पहाडी गाऊँमा पर्ने भकुण्डेको मगरहरुको सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्थाका बारेमा उजागर गरेर यर्थाथता पत्ता लगाउनु र लोक साहित्य, लोक गित, झाम्रेका विषयमा समाजशास्त्र एवं मानवशास्त्रको एउटा विद्यार्थीका हैसियतले सामुदायिक अध्ययन गर्नु मेरो कर्तव्य हो भन्ने मनसायले यस भकुण्डे,माझर क्षेत्रलाई अध्ययन क्षेत्र छनौट गर्ने निष्कर्षमा पुगे । बागलुङ जिल्लामा १० वटा पालिका रहेका मध्ये बागलुङ नगरपालिका वडा नम्बर १० मध्ये भकुण्डे एउटा वडा रहेको हो । जस मध्ये वडा नम्बर १० भकुण्डे,माझरमा पुर्ण रुपमा मगर समुदायको बसोबास रहेको छ । अन्य टोलहरुमा विश्वकर्मा दलित, व्राम्हण समुदाय, क्षेत्री,सार्की थरका समुदायहरुको बसोवास रहेको छ । पुरै भकुण्डे गाऊँलाई जनसख्याको आधारमा मगरहरुको अधिकांश बसोबास भएपनि मगर समुदायको झाम्रे गितका बारेमा केन्द्रित हुनका लागि भकुण्डे, माझर गाऊँलाई अध्ययन क्षेत्रका रुपमा छनौट गरिएको छ । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मगरहरुको मुख्य पेशा कृषि र पशुपालन रहेको छ । अन्य जातिको तुलनामा सामाजिक आर्थिक रुपमा पछि परेको, मगरहरुको जिवन शैली, रहनसहन तथा परम्परा अन्य जातिको भन्दा फरक रहेको र चाडपर्वहरुमा बढी खर्च गर्ने प्रवृत्ति रहेकोले यसले उनीहरुको आर्थिक,सामाजिक पक्षमा पारेको प्रभाव तथा यसका प्रभावहरुलाई न्युनिकरणका लागि सहयोग गर्ने उद्धेश्यका साथै भकुण्डे,माझरमा हाल सम्म मगर जातिको झाम्रे गितका बारेमा कहि कतैबाट अध्ययन अनुसन्धान भएको नपाइएकोले यो क्षेत्र छनौट गरिएको हो । विभिन्न तपशिलका कारणहरुले यस क्षेत्रलाई अध्ययन क्षेत्रको रुपमा छनौट गरिएको छ ।
ड्ड बागलुङ जिल्लाको बागलुङ नगरपालिका १० भकुण्डे,माझरमा पुर्ण रुपमा मगर समुदायका जनसख्याको मात्र बसोबास रहेकोले ।
ड्ड सोधकर्ता यस अध्ययन क्षेत्रको नजिक मगर समुदायको नै रहेकोले साथै उनीहरुको बारेमा अध्ययन अनुसन्धान गर्न सजिलो पर्ने हुनाले यस क्षेत्रलाई छनौट गरिएको ।
ड्ड यत्र अध्ययन क्षेत्रका मगरहरुको बारेमा कसैले पनि अध्ययन नगरेकोले
ड्ड पर्यटन पुर्वाधारको विकास गर्ने उद्धेश्यले घरबास कार्यक्रममा सहभागी र मौलिक सस्कृतिलाई हस्तातन्तरण गर्नको लागि
ड्ड व्यवसायिक कलाकारको निर्माण र विकासका लागि झाम्रे गितलाई अधिकतम रुपमा प्रयोग गर्नको लागि
बागलुङ भकुण्डेको भौगोलिक अवस्थिति र नामाकरण
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चल साविकको हाल गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे हो । सदरमुकाम बागलुङ बजारबाट करिव ४ कोसको दुरी र १२ किलोमिटर मोटर बाटोमा अवस्थित एक पर्यटकीय गाऊ भुकण्डे हो । बागलुङ बजारबाट दक्षिण तिर फर्केर हेर्दा झट्ट देखिन्छ । भकुण्डेको पूर्वमा बलेवा पश्चिममा तित्याङ, उत्तरमा कालीगण्डकी नदी र बागलुङ नगरपालिका दक्षिणमा रायडाँडा अवस्थित छन् । भकुण्डे गाऊँ सानो भएपनि घना बस्तीले सजिएको थियो तर अहिले बसाई सराईले क्रमश जनसख्यामा घटदो मात्रामा रहेको छ । यहाँ विविध जात जाति, धर्म तथा पेशाका मान्छेहरुको बसोबास रहेको छ । मुख्य गरि मगर,बाहुन, क्षेत्री, ठकुरी,कामी ( विश्वकर्मा), दमाई र सार्की जातको बसोबास छ । कृषिको क्षेत्रमा हेर्दा यहाँ अमिला जातका फलफुल प्रशस्त मात्रामा पाइन्छ भने आलु,मुला,धान,कोदो,मकै,गहुँ,जौ,भटमास,भाँङगो आदिको खेती गर्ने गरिन्छ । यो क्षेत्र माहुरीपालन, भेडा–बाख्रा, गाई– वस्तु,हाँस –कुखुरा आदि पशुपन्छीको लागि उययुक्त मानिन्छ । पर्यटकीय सम्भावना बोकेको यो गाऊँबाट चार वटा ठूला हिमश्रङ देख्न सकिन्छ । धौलागिरी, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण हिमश्रङखला ९ जततउकस्ररलभ।m।धष्पष्मष्ब।यचनरधष्पष्० देखिन्छ । नेपालको नयाँ संविधान २०७२, राज्यको पुनःसरचना अनुरुप गण्डकी प्रदेश अन्र्तगत बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १०, भकुण्डेको कुल क्ष्ँोत्रफल १०.७८ वर्ग कि.मी. रहेको छ । यसको पुर्वमा पैयुपाटा, पश्चिममा रायडाँडा, उत्तरमा बागलुङ बजार र तित्याङ र दक्षिणमा रायडाँडा पर्दछन । यो वडा समुन्द्री सतहको ६५० मिटरदेखि २३५० मिटरसम्मको उचाइमा अवस्थित छ । यो वडा ( साविकको गा.वि.स.) २८º ३’ उत्तरदेखि २८º४’ उत्तरी अक्षांशसम्म र ८३º९’ पूर्वदेखि ८३º१०’ उत्तरी अक्षांशसम्म र ८३º९’ पूर्वदेखि ८३º१०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस वडाको धेरै जसो भु–भाग पुर्वी उत्तर मोहोडामा फर्किएको छ । ( भकुण्डे गा.वि.स.को वस्तुगत विवरण, २०७०)
बागलुङ जिल्लाको सदरमुकाम देखि ४ कोष दक्षिणमा रहेको यस वडाको नामाकरण सम्बन्धमा फरक–फरक विचारहरु धेरै तर्फबाट आए पनि अहिलेसम्मको आधार अनुसार यस वडा ( साविकको गा.वि.स.) को नामकरण सम्बन्धमा बाइसे चौविसे राजाहरुको पालामा यो वडा तत्कालिन वलेवा राज्य अन्र्तगत पर्दथ्यो । बलेवा राज्यका राजाहरु यस वडाको सम्म परेको उच्च चौर क्षेत्रमा आई भकुण्डो खेल्ने गरेको हुनाले त्यसै समयदेखि नै यस भकुण्डे भन्न थालियो र पछि यस वडाको नाम नै भकुण्डे रहन गएको हो भन्ने भनाइहरु पाइन्छन । त्यस समयमा बलेवा राज्य अन्र्तगत रहेका गाऊँहरुमा अविर थापा (घोयमुखिया), धर्मानन्द जैसी, गुञ्जसिंह थापा, वैदार रुद्रनाथ सुवेदी, जय नारायण शर्मा लगायतका मुखिया जिम्मुवालहरु प्रमुख थिए ( भकुण्डे गा.वि.स.को वस्तुगत विवरण, २०७०) ।
भकुण्डेका मुख्य आकर्षण मुलाबारी भ्युटावर,कुथुकर्मको लेक, बराहताल एवं बराह मन्दिर, भकुण्डे बागलुङ संग्राहलय , चमेरे गुफा , हिराताल , ठूलाताल खेल मैदान , स्व. रुद्रमान गुरुङ स्मृति पार्क , ठुलो खुकुरी निर्माण, द्यज्ब्प्ग्ल्म्भ् बोर्डको चिनारी , पदमार्ग पैदल यात्रा रहेको पाइन्छ ।
मगर जातिमा झाम्रे गित गाउनेहरुको सामाजिक अवस्था र आर्थिक प्रभाव
नेपालका विभिन्न स्थानहरुमा फरक फरक किसिमले झाम्रे गितहरु गाउने प्रचलन रहेको छ । झाम्रे गितहरुको संरक्षण र विस्तार गर्नका लागि बागलुङ भकुण्डे माझर टोलमा पहाडी भुभागको संरचना र सस्कृतिका बारेमा अध्ययन गरिएको छ । समाजमा हुने विभिन्न समारोह,उत्सव र मेलामा झाम्रे गितहरु गाएर मनोरञ्जन लिने गरिन्छ । झाम्रे गितलाई व्यवसायिक रुपमा सञ्चालन गर्नको लागि घरबास ( होमस्टे) कार्यक्रममा अतिथि बनेर आउने पाहुनालाई स्वच्छ मनोरञ्जन दिने गाउने गरेको पाइन्छ । उमेर पुगेका महिला पुरुष ५ जनाले परम्परागत मगर समुदायमा प्रचलित झाम्रे गित हालसम्म पनि गाउँदै आएका छन् । जसमा झाम्रे गाउनेमा पुरुष २ जना र महिला ३ जना रहेका छन् । प्रत्येक घरमा झाम्रेमा रमाइलोका लागि नाँच्ने र रमाइलो गर्ने युवाहरु रहेका छन् । मादल,डम्फु बजाउने सहयोगी र दर्शकका रुपमा अरु छिमेकीहरु रहेका हुन्छन् ।
झाम्रे गितहरु घरवास कार्यक्रम,विवाह,वर्तवन्ध्र,बनभोज, घर पैचो, छैठीमा गाउने गरिएको छ । दशै,तिहार,माघे संक्रान्ति,पुसे पन्ध्रे, चैते दशै, नयाँ वर्ष, जेष्ठ पुर्णिमामा समेत गाउने गरिन्छ । गायक गायीकाहरुमा पारिश्रमिक तोकेर दिने प्रचलन नभएपनि उपहार, स्वइच्छाले नगद सौगात दिने प्रचलन रहेको छ । घरयासी कामकाज बढी प्राथमिकता पर्ने हुँदा खासै झाम्रे गित मात्र गाउने र रमाउने गर्ने समय कम हुने गरेको अवस्था छ । तर छिमेकी दलित समुदायका मानिसहरु भने लोक दोहोरी, लोक गित, लोक सस्कृति सहित झाम्रे गित काठमाडौ राजधानीमा गएर व्यवसायिकता हासिल गरेर नाम,दाम र युटुव च्यानल जुनकिरी समेत खोलेको पाउन सकिन्छ । तर मगर समुदायका झाम्रे गित गाउने कलाकारहरु विशुद्ध मनोरञ्जन,आत्मा सन्तुष्टी र समय व्यवस्थापनका लागि हुने गरेको छ । यदि कसै कसैको घरमा विवाह,वर्तवन्ध्र, छैठी परेमा रातभर झाम्रे गित गाएर बसेमा घरधनीले स्वइच्छाले गित गाउने समुहलाई बाजागाजा किन्नेको लागि गच्छे अनुसार नगद दिने प्रचलन रहेको छ । जुन पैसाले मादल,खैज्जडी,मुजुरा,डम्फु किन्ने प्रचलन रहेको छ । उनीहरु नजिकैको छिमेकी गाऊँमा झाम्रे गित गाउनको लागि जाने तर धेरै टाढा भने नजाने गरेको बताउँछन् ।
बागलुङ भकुण्डे माझर टोलमा गाइने झाम्रे गितहरुको बारेमा लोक गित,लो संगितका बारेमा मनोरञ्जन,दुख पिर,सुख आदान प्रदान गर्ने बारेमा गित गाउने गरेको पाइन्छ ।
सालैजो गितको नमुना संकलन
१)देश विदेशबाट पाहुना आउँछन
हे सालैजो
भ्युटावर चढनलाई
संग्रालय भैरवथान दर्शन गर्नलाई
२) हिराताल फुटवल ग्राउन
हो सालैजो
मर्नीङ वाक बिहान दौडन
३) दहको ताल माछीलाई
ढुगामा रमाउँदै
जाम रमाउँदै पौडन
प्रस्तुत कर्ता ः राम बहादुर थापा
त्यसै गरी थप भकुण्डे गाऊँको परिचयका बारेमा झाम्रे गितका बारेमा गित गाउने शब्दहरु
१) भकुण्डे सुन्दर गाऊँ
सभ्य समाज प्राकृतिक भौगोलिक ठाँऊ
२) देश विदेशका पाहुना आउँछन
संस्कार र रहन सहनमा रमाउँछन
३) पाहुनालाई स्वागत फुलमाला लगाएर
होमस्टे व्यवस्थापन राम्रो छ हरपल
४) पाहुनाहरु यो गाऊँ मन पराउछन् ।
फर्की जादा माया जाल छोडी आउनी मन गराउँछन् ।

झाम्रे गित गाउने गायक गायिकाहरुले कुषि पेशा,पशुपालन सम्बन्धी गितहरु बारेमा
१) कृषि पेशा बाचनी आधार
गाऊँमा अरु सम्भव नै केछर
२) भैसी,बाख्रा, कुखुरा पालेर
दाना घाँस मल बन्छ हालेर
३) खेतबारीमा धान मकै छरेर
जिवन निर्वाह कृर्षि नै गरेर
४) परम्परामा बाउ बाजेले गरेको
अझै भर छौ हामी परेको
५) कोही कोही युवा विदेश फौजीमा
बाबा आमा,छोरा छोरी घरको कौशीमा
६) छोराहरु कमाएर ल्याउँछन्
बाबा आमा सुख मै कटाउँछन् ।
७) कृषि पेशा गुजरा चलेछ ।
यही धर्तीमा हिरा सुन फलेछ ।
युवायुवती बिचमा गाइने माया प्रेमले ओतप्रोतले भरीपुर्ण दोहोरी पाराको गित तपशिलका रहेका छन् ।
केटा ः तिमीलाई मेरो मन परो
तिम्रो मन परो कि के गरो
केटी ः मेरो नी मन पर्छ ।
तिम्ले लान्छौ लादैननौ के गर्छ ।
केटा ः लान्छु म हिन
मन परेछ नलगी छोडदिन ।
केटी ः लान्छौ भने जान्छु म आत
दिन्छौ दिन्नउ चाहिन्छ साइपाता
केटा ः सक्छु म गन्न कति चाहियो
तिमी आफैले अहिले नै भन्न
केटी ः भन्न त पाइयोनी
धेरै हैन दश हजार चाहियोनी
केटा ः लान्छु तिमलाई २० पनि गन्छुुनी
घर भित्रााउछु घरबारे बन्छुनी
केटी ः मायालुले बोलेर नढाट
छन् छन् गन थाप्छु दुई हात
केटा ः तिम्रो हातले साइपाता समाउन
घरमा बसी अधिकार जमाउन
केटी ः मन परेछ तिम्रो हात साइपाता समाउँछुु ।
घर भित्रीन्छु, अधिकार जमाउँछु ।
त्यसैगरी थप माया प्रेममा जोडिएको गीत तपशील बमोजिम रहेको छ ।
केटा ः तिमी मेरो मुटुको रानी
तिम्लाई भेटे अन्त मन नजानी
केटी ः नहेर न घुरेर मै तिर
लाज लागेर हेर्दै छु भइतिर
केटा ः जैले भुईमा लजाउदै हेरनी
मन छैन र फरिया फेरनी
केटी ः त्यो बारेमा सोचमला केई न केई
गुन्यो हैन चाइया हो अरु केई
केटा ः आँटम बिहे लगन जुरयाउँछु ।
भन मात्रै सबै चिज पुयाउँछु ।
केटी ः मनको चाहा मनैमा चुमेर
माग्ने केही चिज बढेसी उमेर
केटा ः जैले मेरै गरेर बएननी
माग सानु लाजमानी भैननी
केटी ः पिरतीको झरीमा रुझन
मनले मनलाई पढेर बुझन
केटा ः लाखौमा एक मैलाई नै रोजेकी
साँचो माया होउकी त खोजेकी
केटी ः लगाऊ पार मायाको झरीलाई
दिनु साथ जिन्दगी भरिलाई
केटा ः उधारेर मायाको दैलोलाई
तिमी आऊ फाली मनको मैलोलाई
केटी ः हाम्रो माया जुनी भर टिकाउलाँ
केही नजानेमा तिमीले सिकाउँला
श्रोत शान्ती थापा मगर ,माझर,समुन्नेडाँडा
लस्के भाका झाम्रे गित
केटा १) ः यो प्यारी ठाऊँमा मायाको नाउमाबनाम्की सागर,
निष्ठुरी ज्यानलाई नभेटे सम्म लाग्दैन जागर
लाग्दैन जागर
२) सरमा सर बतासै चल्यो त्यही पारी डाडैमा
हितैको माया लौ जाडो भयो आऊ वस आडैमा
त्यही पारी है माया डाँडैमा
आऊ बस आडैमा
३) उर्लीमा आउदा त्यो कालीगंगा छेउ खायो हलिकाले
रातै र बित्यो शो सपनीले दिनै बित्यो झलीकाले
छेउखायो है माया हलिकाले
दिनै गयो झकिाले
४) दशै र आयो नवदुर्गा लायो राखौला जमरा
तिमी नै बन फुलेको रस मै हुँला भमरा
राखमला है मयाा जमरा
मै हुम्ला भमरा
गायकी तथा संकलनकर्ता ः रमा थापा मगर
झामे्र गित दोहोरी
पुरुष ः हे वर्षौ भयो मलाई कुरेको
बल्लै रहिछु भेट हुना सरर जुरेको
महिला ः मायालुको अमिलो चुकले
ठिक्क पार्छौ ललिते सरर मुखले
पुरुष ः तिम्रो माया कति हो कति
भनम भने नौ मुरी सरर तिल जति
महिला ःभर्न जोख्न पर्दैन माया
आखिरमा देखाउछौ सरर रामछाँया
पुरुष ः तिम्रो माया केही छैन बाँकी
भन्न सक्छु छातीमा सरर हातमा राखी
महिला ः तिम्रो कुरा लाग्दैन खास
अझै पनि लाग्दैन विश्वास
पुरुष ः चुलो भयो मायाको ह्रास
कसो गरी दिलाउन विश्वास
महिला ः मेरो माया छ भने सानु
आजै सिन्दुर हालेर लैजानु
पुरुष ः तेसो भयो गरम काम झट्टै
पापी मन आतियो चौपट्टै
महिला ः लौन सिन्दुर हाली देऊ रेशम
चौतारीको वरपिपल भै बसम
वेदना,दुखको बारेमा गायिका कौशिला थापा मगरको गित
१) नौ महिना गर्भमा बराइयो
चार वर्षमा स्कुल बालकेन्द्रमा पराइयो ।
२) छोराछोरी पढाउदा लाको ऋण
त्यही छोराले गर्दैछ अहिले घिन
३) बा आमालाई गर है जतन
नलाउ छोरा मन दुख्ने वचन
४) आज छोरा राम्रो छ उमेर
हाम्रो जस्तै दिन आउँछ घुमेर
५) छोरा तिम्रो डर लाग्दो बोली
तिम्रो पनि आउदै छ दिन भोली
६) सुख मलाई कहिलै भइन
जिन्दगीमा सोचेको पुइन
७) घर त मेरो भकुण्डे माझैमा
रुन्छ मन बेलुकी साझैमा
८) बग्ने पानी उड्ने चरी झै
एक्लै बसी रुइरहन्छु बरीलै
गायक राम बहादुर थापा मगरले संकलन गरेको लस्के भाकाको झाम्रे गित
१) भकुण्डे गाऊँ सुन्दर ठाऊँ, पाहुनाको गन्तव्य
स्वागत छ हाम्रो संस्कार राम्रो, सम्मानीत छ सभ्य
२) देश विदेशबाट पाहुना आउँछन्, भ्युटावर चढनलाई
संग्राहलय,भैरवस्थान दर्शन गर्नलाई
३) धवला गिरी माछापुच्छ्रे हिमाल, श्रृङखला हेर्नलाई
नौलो गाऊँको, सुन्दर ठाउँको, अवलोकन गर्नलाई
४) तललाई परयो फुटवल ग्राउन,माथि भञ्ज्याङ चौतारी
बालैमा दिनमा लाएको पिरती भेट हुनी दौतरी
५) भवन राम्रो भैरव मा वि, तै वडा कार्यालय
भेटघाट हुनी माध्यम हाम्रो, सन्जोग काम भय
६) यो गाऊँको रहन सहन राम्रो छ भन्छन् , आएका पाहुनाले
समुहले स्वागत फुलमाला लगाई , भेषभुषा लाहुनाले
७) दहको ताल माछीलाई जाल, डुगामा रमाउँदै
फर्कीर जान्छन् मायाँजाल छोडी, आउँनी मन गराउँदै
मगर जातिमा झाम्रे गितको सकारात्मक र नकारात्मक पक्ष
क) सकारात्मक पक्ष
झाम्रे गित गाउने सस्कार र सस्कृतिले सकारात्मक परिवर्तन भने मनोरञ्जन,सुखी र हाँसोमा जिवन बिताउने राम्रो अवस्था सृजना भई तनाव व्यवस्थापन हुने गरेको देखिन्छ । यस अध्ययनमा झाम्रे गितले आर्थिक प्रभाव र सामाजिक जनजीवनमा खेलेको परिवर्तनका बारेमा अध्ययन गरिएको छ । अध्ययन क्षेत्रमा सञ्चालित झाम्रे गित गाउने संस्कृति र सस्कारले यहाँका समुदायमा निकै नै सकारात्मक प्रभाव पारेको छ । मुख्यतः आर्थिक स्तरमा वृद्धि ल्याउनको साथै जीवनमा शैली उच्च हुँदै गएको छ । केही कलाकारहरु लोक गित गाउने, झाम्रे गित गाउनेहरु सामाजिक सञ्जालमा अति सक्रियता साथ लागेका पाइन्छ । केही गायक गायकीहरु युटुव च्यानलमा समेट गित गाई व्यवसायिकता हासिल गर्ने दौडधुपमा लागेको पाइन्छ । कोही घरका छोराहरु गितको छायांकन गर्ने क्रममा क्यामेरा मेन, गित सम्पादक, मोडल,बाद्यवादक पदमा कामकाज गर्ने गरेको पाउन सकिन्छ । पहिला बोल्न नसक्ने, डराउने साथीहरु जनचेतना शसक्तिकरणले खुलेर बोल्न सक्ने निर्धक्क साथ आफनो कुरा राख्न सक्ने भएका छन् । होमस्टेमा आउने पर्यटकहरुको लािग स्वस्थ मनोरञ्जन दिने क्रममा थोरै भएपनि आर्थिक लाभ भएको र छोराछोरीलाई शिक्षामा लगानी गर्न सजिलो भएको छ । इमेल इन्टरनेटको सुविधा भएकोले गला र कला विश्वव्यापी बनाउनको लागि सहज अवस्था आएको छ । जातीय र सांस्कृतिक पहिचानको लागि झाम्रे गित गाउने कार्यक्रमले एक महत्वपुर्ण स्रोत लोक गित बनेको छ । झाम्रे गित गाउने घरबास कार्यक्रम, चाडपर्व,विवाह उत्सव आदिले तत्कालको लागि औषतमा भन्दा बढी आम्दानी भएको अवस्था छ ।
झाम्रे गित गाउने कलाकारहरुको अगुवाईमा मासिक रुपमा गाँउघर टोल सफाइ अभियान नियमित गरेका छन् । सामाजिक विसंगतिहरु विस्तारै हट्दै गइरहेको छ । मादक पदार्थ सेवनमा लापरवाही तरिकाले हुने गरेको न्युनीकरण गर्दे लगिएको छ । विवाह,वर्तवन्धमा हुने गरेका फुजुल खर्चलाई नियन्त्रण गरि खर्चमा राहत महशुस गरिएको छ । सस्कृति र पुराना कला संरक्षण गर्नमा मानिसहरुको उत्साह थपिनु, आफनो कला,संस्कृतिको प्रचार प्रसार तथा त्यस वापत आर्थिक प्रगति भएको छ । भकुण्डे माझरका मगरहरुको पहिचान,मगर जातीको संस्कृतिको प्रचार तथा प्रसार, आर्थिक उन्नतीले गर्दा जिवन शैलीमा नै परिवर्तन भएका पक्ष सकारात्मक भएका छन् ।
ख) नकारात्मक पक्ष
अहिलेसम्म झाम्रे गितबाट खासै नकारात्मक प्रभाव र असर पारेको छैन । अहिलेका युवा युवती पुस्तामा भ्राम्रे गित गाउने र मनोरञ्जन लिने भन्दा विदेशी गितहरु नक्कल गर्ने प्रवृत्ति बढेर गएको छ । बसाइ सराइको बढदो प्रभाव र प्रवृत्तीले मगरका जातीय कला,सस्कृतीहरु पलायनको बाटोमा छन् । अध्ययन क्षेत्रका मानिसहरु व्यवसायीक रुपमा गाऊँ र रमाउन लाज,संकोच मान्ने गरेको पाइन्छ । तर छिमेकी गाऊँ इन्द्रेणी टोलका गैर मगर समुदाय अर्थात विश्वकर्मा समुदायका मानिसहरुले भने लोक गित तथा झाम्रे गित गाएर,ऐरेन्ज,सगित,गायन गरेर नाम,दाम र व्यवसायिकता उच्च स्थानमा हासिल गरेको पाइन्छ ।
माझर टोलका झाम्रे गित, संगितलाई गित गाउने युवापुस्तालाई तालिम,प्रशिक्षण दिन नसकेको अवस्था छ । झाम्रे गित गाउने मानिसहरुलाई संरक्षित गर्ने र उत्प्रेरणा दिलाउने कार्य स्थानीय तहबाट हुन नसकेको अवस्था छ । झाम्रे गित गाउनेलाई व्यवसायिक प्रवद्र्धन गर्नका लागि डिजिटल प्रविधिको प्रयोग गरेर वर्तमान पुस्ताको लागि झुकाव बढाउनको लागि चुनौती छ । स्वयम झाम्रे गित गाउने घर टोल वरपर बाहेक अन्यत्र गएर गित गाउन लाज मान्ने, खुलस्त तरिकाले प्रतिभा प्रस्तुत गर्न नसक्ने परिपाटीले व्यवसायिकता र नयाँ पुस्तामा हस्तातन्तरण हुन सकेको छैन । झाम्रे गाउने गायक गायीकाहरु गित गाउन आउने तर लेखेर, टिपोट गरेर दिनुस भन्दा नआउने भएकोले अभिलेखीकरण,प्रतिवेदन तयारीमा समस्या परेको अवस्था छ । आगामी दिनमा लोप हुदै गएको झाम्रे गितहरुलाई संरक्षण र अभिलेखीकरण गर्नका लागि योजना बनाएर लाग्नु पर्ने देखिन्छ ।
मगर जातिमा झाम्रे गितको शारांश
मगर समुदायको कला र सस्कृतिमा अति धनी जातिको रुपमा मानिन्छ । मौलिक लोक साहित्यका गितहरु मगर समुदायमा प्रशस्त मात्रामा पाइन्छ । पर्यटनका हिसाबले मगर समुदायमा केन्द्रित घरबास कार्यक्रम ( होमस्टे) पनि मगर समुदाय बाहुल्य भएको ग्रामिण भेगमा प्रशस्त मात्रामा खुलेको पाइन्छ । नेपालका विभिन्न जाती जनजातिहरु मध्ये मुख्य तथा पहाडी क्षेत्रमा परापुर्वकाल देखि बसोबास गर्दै आएका मगरहरु मंगोलियन मुलका आदिवासी जनजाति हुन् । अधिकांश मगररहरुको बसोबास लुम्बिनी,राप्ती,धौलागिरी, गण्डकी लगायतका साविकको अञ्चलमा विभिन्न जिल्लाहरुमा रहेको पाइन्छ । हालको गण्डकी प्रदेश,लुम्बिनी प्रदेशमा अधिक मात्रामा मगरहरुको बसोबास भएपनि नेपाल भरका अधिकांश भागहरु र विश्वभर मगरहरु फैलिएर बसोबास गरेका छन् । भोट,बर्मेली परिवार अन्तर्गतको भाषा बोल्ने मगर,अठार मगराती भाषा र बाह्र मगराती भाषामा विभाजन गरिएका छन् ।
कुल जनसख्याको करिब ३१ प्रतिशत मगरहरु बसोबास गर्ने बागलुङ जिल्ला अन्तर्गत पर्ने बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे, माझर टोलमा बसोबास गर्ने १५.घर परिवारमा मगरहरुको सामाजिक सांस्कृतिक र आर्थिक अवस्थाको बारेमा अध्ययन गरिएको छ । यस अध्ययनमा मगरहरुको बारेमा अध्ययन र अनुसन्धानबाट प्राप्त विषय वस्तुलाई समेटिएको छ ।
यस अध्ययन क्षेत्रको मुख्य उद्धेश्यका रुपमा मगरहरुको वर्तमान सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थालाई प्रकाश पार्नु रहेको छ । अध्ययनको उद्धेश्यले हेर्दा मगरहरुको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्था अन्र्तगत मगरहरुको पारीवारीक संरचना, स्वास्थ्य तथा शैक्षिक अवस्था बारेमा वर्णन गर्नु, मगरहरुका रहनसहन भेषभुुषा र चाडपर्वका सम्बन्धमा प्रकाश पार्नु तथा यिनीहरुको आर्थिक अवस्थाको बारेमा प्रकाश पार्नु रहेको छ । साथै वर्तमान अवस्थामा पुराना सस्कृतिहरुको नवपुस्तामा हस्तातन्तरण हुने नसकेको अवस्था छ । विदेशी सस्कृतिले प्रभाव पारेको बारेमा सकारात्मक समिक्षा गरेर संरक्षण र वचावटका बारेमा ज्ञान अनुभव भएको छ । अध्ययनको महत्वको सम्बन्धमा यस अध्ययन क्षेत्रका मगरहरुका बारेमा कहि कतैबाट अध्ययन नगरिएकोले यस अध्ययन क्षेत्र छनौट गरिएको हो । नेपालको भौगोलिक बनावट अनुसार विभिन्न जातिहरुको आ आफनै भाषा,संस्कृति र धर्म रहेका छन् । यि विविधता युक्त, बहुभाषिक,बहुधार्मिक,बहुजाति,बहुसांस्कृतिक मुलुक भित्रका जाति समुदायहरुको एकता नै नेपालको राष्ट्रिय एकता कायम भएको छ । नेपालको इतिहासमा आफनो छुट्टै पहिचान राख्न सफल मगरहरुको व्ववहारिक सैद्धान्तिक महत्व छ । अझैपनि मगरहरुले आफनो संस्कृतिलाई निरन्तरता दिइ आएका छन् । जुन राष्ट्र कै एउटा गहना हो । सन्दर्भ साहित्यको समिक्षा गर्ने क्रममा इतिहासकार विद्धान वर्ग समाजशास्त्री÷ मानवशास्त्रीहरुले हालसम्म मगर जातिको सम्बन्धमा गरिएको अनुसुन्धान निष्कर्ष र भनाइहरु तथा मगर जातिको सम्बन्धमा प्रकाशित विभिन्न लेख रचनाहरुलाई समावेश गरिएको छ । यस अध्ययनमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे,माझरका टोलहरुलाई अध्ययन क्षेत्रको रुपमा छनौट गरिएको हो । अध्ययनलाई पुर्ण रुप दिनका लागि विभिन्न तरिकाबाट तथ्याङ्क संकलन गरिएको छ । अध्ययन क्षेत्रमा वर्णनात्मक अनुसन्धान विधि प्रयोग गरिएको छ । भने प्राथमिक तथा द्धितिय श्रोतबाट तथ्याङ्क संकलन गरिएको छ । नमुना छनौटका आधारमा कुल घर संख्या… बाट …घरलाई अध्ययनको रुपमा लिइएको छ । ..घरका घरमुलीहरुलाई घर गन्ति सर्वेक्षणका आधारमा तयार पारिएको निर्मित प्रश्नावली सुचि प्रयोग गरि तथ्याङ्क संकलन गरिएको छ । संकलित तथ्याङ्कलाई तालिकीकरण गरि प्रस्तुतीकरण र विश्लेषण समेत गरिएको छ । यस अध्ययन क्षेत्र बागलुङ सदरमुकाम देखि ५ कोष दक्षिण तर्फ रहे पनि यो क्षेत्र ग्रामीण र पहाडी भेगमा पर्दछ । शिक्षा,स्वास्थ्य,विद्युत यातायात जस्ता सेवाहरु सहज रुपमा उपलब्ध रहेका छन् ।
मगरहरुको परिवारको किसीमलाई हेर्दा एकात्मक परिवार.४५ प्रतिशत रहेको पाइयो । मगर परिवारमा घरमुलीको भुमिका निर्णायक हुने गर्दछ । यिनीहरु हिन्दु धर्म,बौद्ध धर्मलाई अगालेको पाइन्छ । क्रिश्चियन धर्म प्रचार र प्रसारका लागि धर्मको प्रभाव जमाउनका लागी प्रयास गरेको पाइन्छ । पुरुषहरु भन्दा महिलाहरुले बढी काम गरेतापनि सामाजिक रुपमा आफनो इज्जत र हक सुरक्षीत हुन सकेको छैन । तर अन्य जातिको तुलनामा मगर महिलाहरुलाई भने बढी मात्रामा स्वतन्त्रता छ । बढ्दो आधुनिकीकरणको प्रभाव परेपनि यहाँका मगरहरुको आफनो मौलिक भेषभुषा, लोकगित, कला संस्कृतिलाई जोगाइ राख्नु पर्छ भन्ने मान्यता राख्दछन् । शैक्षिक स्थितीलाई हेर्दा यस समुदायमा त्यति उल्लेखनीय प्रगती भएको देखिदैन । तल्लो कक्षामा स्कुल जानेको संख्या धेरै भए पनि माथिल्लो तहसम्म नपुग्दै पढाइ छोड्ने प्रवृत्ति रहेको छ । यसको कारण सानै उमेरमा विवाह गर्ने, गुुरीबी,बेरोजगार मुख्य कारणहरु रहेका छन् । यहाँका मगरहरु स्वास्थ्य संस्थाहरुमा भन्दा धामी, झाँक्री र झारफुकमा वढी विश्वास गर्दछन् ।
अध्ययन क्षेत्रमा मगरहरुको सांस्कृतिक अवस्थाको अध्ययन गर्ने क्रममा मगरहरुको भेष भुषा र खानपान,घरको बनावट, चाडपर्व र सस्कारहरुको बारेमा वर्णन गरिएको छ । जातिय दृष्टिकोणले मगर जातिलाई विभिन्न थरमा विभाजन गरिएको छ । मगर्हरु हिन्दु धर्मका चाडपर्व मनाउँछन भने आफना मौलिक चाडपर्वहरुलाई पनि बढी महत्व दिन्छन । यिनीहरुको घरको बनावट आफनै मौलिक परम्परामा आधारित छन् । भेषभुषामा केही मौलिकता छ भने नयाँ पिढीमा पाश्चात्य संस्कृतिको प्रभाव परेको छ । खानपानमा मारेको साग आटो खाने गर्दछन । मगरहरुका आफना मौलिक जिवन प्रकृया रहेका छन् । जन्म संस्कारमा आमा गर्भवती भएपछि बच्चाको नामाकरण सम्म विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिएको छ । कर्म सस्कार अन्र्तगत विवाह र मृत्यु जस्ता संस्कारहरुको उल्लेख गरिएको छ । मगरहरुको आर्थिक स्थीतिलाई हेर्दा कषि व्यापार व्यवसाय ज्याला मजदुरी पशुपालन जस्ता आयश्रोतको समिश्रण रुपमा निर्भर रहेको छ । खेतीपातीबाट प्रायलाई १२ महिना खान नपुग्ने भएकोले ज्याला मजदुरी गर्न बाध्य छन् । दैनिक घरायसी आवश्यकताका परिपुर्ति गर्न भारत,अरव,दुवई,जापान,अष्ट्रेलिया,जापानमा जाने प्रचलन छ । वार्षिक आय र व्ययको विवरणलाई हेर्दा खाद्यान्न लगायत अन्य वस्तु किन्नु पर्ने भएकोले वास्तविक वचत हुने अवस्था देखिन्न ।
मगर जातिमा झाम्रे गितको निष्कर्ष
यस अध्ययनमा १५.घरका घरमुलीलाई उत्तरदाताको रुपमा लिइएको छ । यस क्षेत्रमा मगरहरुको एकात्मक परिवार वढी रहेका छन् । महिलाहरु एकात्मक परिवारको सृजना गर्न मन पराउँछन । यस अध्ययन क्षेत्रका मगरहरुमा साक्षरता दर कम रहेको छ । उच्च शिक्षा आर्जन गर्ने मानिसहरु कम रहेका छन् । यहाँका मगरहरुमा साधारण शिक्षा मात्र प्राप्त गरेका छन् । उनीहरुमा कुनै प्राविधिक शिक्षा र सीप छैन । परिवार नियोजनको साधनको प्रयोग पुरुषले भन्दा महिलाले बढी गरे पनि निरन्तर रुपमा प्रयोग गर्नेको संख्या कम छ । यिनीहरुको घर वरिपरिको वातावरण, प्रयोग गर्ने कपडा र घरको सरसफाइमा प्रयाप्त मात्रामा आधुनिक तरिकाले गरेको पाइदैन भने शौचालयको प्रयोग गर्ने परिवार संख्या एक जना रहेको छ ।
यहाँका मगरहरुले मखमलको कपडाबाट बनेको घल्याक लगाउने गर्दछन । युवा पुस्ताका मानिसहरुले आधुनिकतासँग समायोजन हुदै गएका छन् । परिवार पितृसत्तात्मक रहेको यस जातिमा अरु जातिको तुलनामा महिलाहरुलाई बढी स्वतन्त्रता दिइएको छ । समुदायमा हुने विभिन्न किसीमका सहभागितामा महिला,पुरुष दुवैको सहभागीता रहेको पाइन्छ । विदेश जाने युवाहरुको बढदो क्रमले सामाजिक काममा महिलाहरु समेत सहभागीता जनाउने गरेका छन् । पहिला पहिला पुरुषहरु मात्र मलामी जाने प्रचलनमा परिवर्तन भइ महिलाहरु समेत मलामी जान थालेको अवस्था छ । आफनो मौलिक चाडपर्व बाहेक नेपालका विभिन्न स्थानहरुमा रहेको अन्य जातिहरुले मान्ने चाडपर्व पनि त्यति नै श्रद्धाका साथ मनाउने गर्दछन् । मगरहरुको जनसख्या बराबर अन्य जातिका जनसख्या भएपनि एक आपसमा भाइचाराका साथ समुदायमा मिलेर बसेका छन् ।
यहाँका मगरहरुको मुख्य पेशा कृषि हो । आलु उत्पादन बढी मात्रा हुने भएकोले व्यवसायिकता तर्फ बढाउनका लागि राज्यस्तरबाट प्राविधिक तथा अनुदानको सहयता लिनुपर्ने छ । यसका साथै पशुपालन नोकरी ज्याला मजदुरी समेत गर्दछन । कुुषि परम्परागत रुप मै संचालित छ । जसबाट जग्गा अनुसार उत्पादन भएको छैन । यहाँका मगरहरुको जमिन वितरण अवस्था राम्रो छैन । खेती योग्य जमिन सबै परिवारमा समान किसिमको छैन । सिंचाइ,मल,बिउको समेत अभाव भएकोले उनीहरुको जीवीकोपार्जनको प्रमुख स्रोत कृषिको समेत अवस्था राम्रो छैन । खेती योग्य जमिन सबै परिवारमा समान किसिमको छैन । सिंचाइ,मल,बिउको समेत अभाव भएकोले उनीहरुको जीविकोपार्जनको प्रमुख श्रोत कृषिको समेत राम्रो अवस्था छैन ।
आय र व्ययको स्थितिलाई हेर्दा यहाँका मगरहरुको बचतको स्थिति राम्रो छैन । मगरहरु आधुनिकीकरण तर्फ हिंडने प्रयास गरे पनि आफनो संस्कृतिलाई भने बचाई राख्न व्यवहारिक रुपमा दृढ देखिनछन् । मगर पोशाकहरु हराउँदै गएकोले छिटफुट रुपमा चाडपर्वका रुपमा मात्र उपयोग गर्ने फेसन बढेको छ ।
समग्रमा भन्नु पर्दा यहाँका मगरहरु परम्परागत जीवनशैलीमा बाँचेका छन् । कृषि पेशा तथा पशुपालनको स्थिती लघु आकारमा घरायसी प्रयोजनका लागि भन्दा बढी व्यवसायीक रुपमा रुपान्तरण भै विकास हुन सकेको छैन । मगर जाति राजनीतिक,सामाजिक,साँस्कृतिक,आर्थिक,शैक्षिक,प्रशासनिक अवस्थाका विभिन्न पक्षमा पछाडी परेका छन् ।
मगर जातिमा झाम्रे गितका लागि सुझावहरु
नेपाल एउटा विभिन्न जाती, समुदायको साझा फुलबारी हो । यहाँ विभिन्न जाती समुदायहरुको संस्कृतिले गर्दा नै नेपाली संस्कृति धनी भएको र सोको अध्ययन अनुसन्धानका लागि विदेशीहरु आउने गरेको पाउन सकिन्छ । साथै पर्यटन व्यवसाय समेत फस्टाउनमा मद्धत भई रोजगारीको सृजनामा ध्यान केन्द्रित हुनु पर्छ । नेपाली संस्कृतिको संरक्षण र संवद्र्धनको लागि मगर जातिको संस्कृतिले ठुलो भुमिका खेलेको हुनाले विभिन्न जाती जनजातिहरुको मौलिक संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्न आवश्यक छ । मगर जातीको सामाजिक अवस्थालाई हेर्दा उनीहरुको परम्परागत मुल्य र मान्यताहरु जसले उनीहरुको सामाजिक विकासका विभिन्न पक्षमा नकारात्मक पक्षमा प्रभाव पारेको छ । जसलाई न्युनीकरण गर्दै जानु पर्ने देखिन्छ । बढदो डिजिटल प्रविधिको विकास र विस्तार साथै उपयोगले हरेक मानिसहरु सामाजिक सञ्जालमा अभ्यस्त भएको पाइएकोले लोपोन्मुख कला र सस्कृतिलाई डिजिटल मिडियामा भण्डार गर्न लागेर भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्छ । त्यसैगरी आर्थिक अवस्थालाई हेर्दा आम्दानीको तुलनामा खर्च बढी हुने र वचत गर्ने परिपाटीको व्यवस्था नभएको जस्ले गर्दा विभिन्न समयमा उनीहरुमा आर्थिक समस्या झेल्नु परेको अवस्था छ । यी समस्याबाट छुटकारा पाउनका लागि उनीहरुले वचत गर्ने बानीको विकास गर्नु पर्ने देखिन्छ । तसर्थ माथि उल्लेखित पक्षलाई संरक्षण र सवद्र्धन गर्नका लागि केही सुझावहरु पेश गरिएको छ ।
ड्ड नेपाल सरकारले यस जातिको संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सम्बन्धीत विषयका विज्ञ,विद्धानहरुलाई अध्ययन,अनुसन्धान गर्न प्रोत्साहित गर्दै दस्तावेजीकरण र ज्ञान हस्तान्तरण गर्नु पर्दछ ।
ड्ड मगर जातिहरुमा मनाईने धेरै चाडपर्वहरुमा बढी खर्च गर्ने,अनावश्यक मात्रामा जाँड,रक्सी र माछा मासुको प्रयोग स्वयं मगरहरुले कटौती गर्दै लैजानुपर्दछ । शाकाहारी भोजनले स्वास्थ्यको धनी हुने भएकोले सो उपभोग गरेर उनीहरुको आर्थिक पक्षमा सहयोग पुग्नेछ ।
ड्ड जातीय सामाजिक चेतना विना राम्रो सामाजिक संरचना निर्माण नहुने हुँदा आफनै सामाजिक संरचना भित्र विद्यमान रहेको सामाजिक कु–सस्कारहरु विरुद्ध मगरहरु स्वयं संगठित भई वैज्ञानिक चेतनाशिल कार्यक्रम संचालन निरन्तर रुपमा गर्नुपर्दछ ।
ड्ड सामाजिक रुपान्तरणका लागि शिक्षाले प्रमुख भुमिका खेल्ने हुँदा बढी भन्दा बढी शिक्षा आर्जन गर्ने र उच्च शिक्षा हासिल गर्ने तर्फ उन्मुख हुनु पर्दछ । जसका लागि समाज स्वयं सचेत र सरकारले पनि विशेष व्यवस्था मिलाउनु पर्दछ ।
ड्ड परम्परागत खेती प्रणालीमा रुपान्तरण गरी नाफाजन्य उत्पादनका लागि विभिन्न अनुभवबाट ज्ञान संकलन गर्दै आधुनिक कृषि प्रणालीको तर्फ उन्मुख हुनु पर्ने अवस्था छ । स्थानीय स्तरमा प्राप्त जडीबुटी प्रशोधन,पशुपालन व्यवसायमा परिवर्तन ल्याउन सके यस क्षेत्रका मगरहरुको आर्थिक अवस्था सुधार हुन सक्नेछ ।
ड्ड महिलाहरुलाई कामको साथ साथै सामाजिक ईज्जत र हकको पनि संरक्षण हुने स्थिति सृजना हुने गर्नुपर्दछ साथै परिवार भित्रको स्वतन्त्रतामा मात्र उनीहरुलाई गुणस्तरीय शिक्षाका माध्यमबाट आत्मनिर्भर बनाउनु पर्दछ ।
ड्ड यस क्षेत्रमा बसोबास गर्ने मगरहरु धामी,झाक्रीमा बढी विश्वास राख्ने अवस्था रहेको छ । जस्ले उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ जस्का लागि नेपाल सरकारका विभिन्न संरचनाका माध्यमबाट स्वास्थ्य सेवा लिनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्दछ ।
ड्ड वर्तमान समयमा आफनो भाषा,संस्कृति बिर्सने प्रवृत्ति बढी रहेको अवस्थामा मगरहरुको भाषा संस्कृति संरक्षणका लागी स्वयं मगरहरु संगठित, क्रियाशिल,लगनशिल र चेतनाशिल बन्नुपर्दछ ।
ड्ड समुदायमा संचालन हुने विभिन्न कार्यक्रममा विभिन्न जाति जनजातिहरुका प्रत्यक्ष सहभागिता गराउने,नीतिगत निर्णय व्ववहारिक रुपमा प्रयोग हुनु पर्दछ ।
ड्ड राजनीतिक गतिविधि,नेतृत्वमा निरन्तर लागेर राज्यशक्तिमा नै पुहँच र प्रभाव हासिल गरेर दिगो रुपमा श्रोत साधनको व्यवस्थापन गर्नमा लाग्नुपर्छ ।
ड्ड परम्परागत कृषि प्रणालीमा सुधार गरी आलु खेती,मकै खेती,कोदो खेतीमा नयाँ नयाँ रोग लागी उत्पादन नहुने वर्तमान अवस्थामा सो को बारेमा अनुसन्धान गरी खेतीपाती बढी उब्जनी हुने वातावरण मिलाउनु पर्छ ।
ड्ड खेतबारीमा प्रशस्त मात्रा बनमाराले ढाकेर खेतीपाती,घाँस दाउरा बढन अवरोध खडा गरेकोले सोलाई निर्मलीकरण गरेर प्राङगारिक मलको उत्पादनमा जोड दिनुपर्छ ।
ड्ड बसाई सराईले ग्रामीण भेग रित्तो र बाँझो जमिन बढिरहेकोले खुल्ला प्राकृतिक संग्रालय बनाउनमा पहल गरी शोध,खोज अनुसन्धान तथा पुर्वाधारहरुको विकास गरी गाऊँ फर्क अभियानमा सकारात्मक तरिकाले थाल्नुपर्छ ।
ड्ड त्रिभुवन विश्वविद्यालयले विभिन्न जाति जनजातिहरु, पिछडिएको विभिन्न समुदायका बारेमा अध्ययन,अनुसन्धान गर्न प्रोत्साहन दिनु पर्दछ ।

सन्दर्भ सामाग्री
जि.एम.,देविका(२०१०) ः अनलाइन नेपाली साहित्य मंच, नेपालका मगर ।
झेडी मगर, देवसिंह (२००९) ः लाङघाली जमघट, मगर जातिको प्रमुख नाच कौरा
पुनमगर, क्रान्ति (२००८) ः हङकङ नेपाली डट कम, मगरको अस्थित्व धरापमा ।
बराल मगर, केशरजंग (२०५०) ः पाल्पा, तनहुँ र स्याङजाका मगरहरुको संस्कृति, काठमाडौ नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानः नेपाल,काठमाडौ रत्नपुस्तक भण्डार ।
बुढा मगर, हर्ष बहादुर (२०५३) ः हाम्रो समाज एक अध्ययन, काठमाडौ, हाम्रो साझा प्रकाशन
योगी, नरहरीनाथ ः मगर गुरुङ वशांवली
शर्मा, जनकलाल (२०५०) ः नेपालको धार्मिक मत र सामाजिक संरचना, हाम्रो समाज एक अध्ययन, साझा प्रकाशन, काठमाडौ
शर्मा, नगेन्द्र ( २०५२) ः नेपाली जनजीवन, काठमाडौ, साझा प्रकाशन ,
शाक्य, डा.केशरमान (२०११) ः राज्यसत्ता, यस्तो थियो मगरहरुको स्वर्णिम इतिहास ।
श्रीस मगर,रुद्रबहादुर (२०१०) ः नेपाल मगर प्रवासी संघ, मगर जातिमा विद्यमान थर र प्रचलन ।
नेपालको संविधान,२०७२ ःधधध।बिधअयmmष्ककष्यल।नयख।लउ
थापा, ज्ञान बहादुर (२०७६) ः घरबाँस कार्यक्रमले आर्थिक र सामाजिक अवस्थामा पारेको प्रभाव, शोधपत्र,त्रि.वि.
थापा,याम बहादुर (२०८१) बागलुङ भकुण्डेका मगरहरुको बसाइसराइँ बारेमा एक अध्ययन, मगर अध्ययन जनरल
थापा, डा.दिन बहादुर (२०६६) ः धवलागिरीका लोकगितको पहिचान ःझाम्रे गित, शोधमुलक
भकुण्डे गा.वि.स.को वस्तुगत विवरण (२०७०)
धधध।दजबपगलमभ।अयm।लउ
जि.सी, तेजेन्द्र कुमार (२०७२) ःमगर जातिको सामाजिक,साँस्कृतिक तथा आर्थिक अवस्था रोल्पा,लिवाङ, शोधपत्र, त्रि.वि.
खाम्चा, मान बहादुर ( २०८०) ः मगर जातिको विवाह पद्धतिमा आएको परिर्वतन र यसका कारणहस्, पाल्पा, बगनासकाली, शोधपत्र, त्रि.वि.
थापा मगर,राम बहादुर ,वर्ष ६५, अन्तर्वाता र संकलन, बागलुङ नगरपालिका १०,भकुण्डे,माझर
थापा मगर,रमा वर्ष, ४२,अन्तर्वाता र संकलन बागलुङ नगरपालिका १० भकुण्डे,माझर निवासी
थापा मगर, शान्ती वर्ष ३२, अन्तर्वाता र संकलन,बागलुङ नगरपालिका १० भकुण्डे,माझर,समुन्नेडाँडा,
थापा मगर, कौशिला वर्ष ६५ अन्तर्वाता र सकलन, बागलुङ नगरपालिका १०,भकुण्डे,चउर,नाथुराजा
थापा मगर, बल बहादुर वर्ष ६७, अन्तर्वाता र सकलन, बागुङ नगरपालिका १० भकुण्डे,चउर
थापा मगर, मतिकला वर्ष ६६ अन्तर्वाता र सकलन, बागलुङ नगरपालिका १०,भकुण्डे धौलेचउर
थाापा मगर, लाल बहादुर,वर्ष ६९, अन्तर्वाता, बागलुङ नगरपालिका १०,भकुण्डे,धौलेचउर

कमेन्टहरु