प्रधानमन्त्री कार्की ताप्लेजुङमा

रासस
२०८२ फाल्गुन १ | मध्यान्ह १२:११ बजे

ताप्लेजुङ, फागुन १। प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुग्नुभएको छ ।
आजै बिहान उहाँले पाथीभरा माताको पूजाअर्चना गर्नुभएको छ । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेख्नुभएको छ ।


















