बागलुङमा स्कुल भ्यान दुर्घटना, २३ विद्यार्थी घाइते

नवलपुर टुडे
२०८२ माघ २९ | मध्यान्ह ०६:१० बजे

बागलुङ । बागलुङमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटनामा परेको छ ।
बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान बिहीबार दुर्घटनामा परेको हो ।
बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवननजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् ।
घाइतेमध्ये चारको अवस्था गम्भीर छ । घाइतेको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।























