दोलखामा कर्मचारी नै स्वास्थ कार्यालयमा भोटे ताल्चा लगाई, ओलीपक्षका पार्टी बिस्तारमा, स्थानिय आक्रोस


दोलखा । दोलखा जिल्ला थामीचाँगु सामुदायिक स्वास्थ्य इकाई केन्द्रको गेटमा भोटे ताल्चा लगाएको छ । बिगु गाउँपालिका -८ खोपाचागु साबिक वडा १/२ स्थित रहेको थामीचागुँ सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा भोटे ताल्चा लगाएको हो ।

उक्त इकाई केन्द्रमा कार्यक्रम दिनेश क्षेत्रीले कार्यालयमा ताल्चा लगाई स्थानिय थामीचाँगु समुदायको स्वास्थमाथि खेल्वाड गरेको छ । कोभिड महामारीको अवस्थामा स्वास्थ कर्मचारीले स्थानियलाई स्वास्थ्य सेवासुबिधा दिनु पर्नेमा स्वास्थ्य कर्मचारीले नै गेटमा भोटे ताल्चा लगाएर कार्यालय बन्द गरि नेकपा एमाले केपी ओली पक्षका पार्टी बिस्तार कार्यक्रममा लागेको स्थानियको आरोप छ ।
हुन त उनको यो घट्ना पहिलो पटक होइन, यसअघि पनि दिनेश क्षेत्री कार्यालयमा समयमा नआउने र कार्यालय समय अघिनै बन्द गरि हिड्ने गर्थे । स्थानियको गुनासोमा उल्टै हाम्रो ड्युटी यस्तै हो भन्ने जबाफ दिने गर्थे । झन अहिले त सरकारी तलब सुबिधा लिएर, खुलम खुल्ला केपी ओलीको पार्टी बिस्तारमा लागेर स्वास्थ्य केन्द्रलाई कर्मचारी बिहिन र स्थानिय समुदायहरुलाई स्वस्थ्य सेवा बिहिन बनाएको छ ।
त्यसैले स्थानिय, प्रदेश र संघिय सरकारको ध्यान यता तिर जाओस, स्वास्थ सेवामा कार्यरत कर्मचारी दिनेश क्षेत्रीलाई कडा भन्दा कडा कार्बाही गरियोस, स्थानियको माग छ ।






















