देश

धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०९:०४ बजे

जनकपुरधाम । धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ भने पर्सा टोलमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५० बर्षिया विन्दा दास र सोही वडाका ५५ वर्षिय मनिराम यादव रहेको प्रहरीले बताउनु भएको छ ।

मृतक दास र यादव धार्मिक उत्सवमा भजनकिर्तन गर्न क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ बस्ने भुलन यादवको घर गएका थिए । भजन किर्तनकै क्रममा माइकमा करेण्टको प्रभाव भएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाइएको छ

कमेन्टहरु