दुबई यूएई, बिश्व

नेपाली समाज यूएईको १६औँ कार्यसमितिद्वारा आयोजित वार्षिक पार्षद् भेला सम्पन्न

कबिराज राजबंशी
२०८२ माघ २५ | बिहान ०४:१० बजे

FB IMG 1770502486791

 

प्रबास दुबई, यूएई | प्रवासी जीवनको व्यस्ततालाई केही समय थाती राख्दै नेपाली समाज यूएईले आफ्नो संगठनात्मक यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ। बरदुबईस्थित रक नमस्ते (अस्टोरिया होटल) मा ०१ फेब्रुअरी २०२६, आइतबार सम्पन्न नेपाली समाज यूएईको १६औँ केन्द्रीय कार्यसमितिको प्रथम वार्षिक पार्षद् भेला ले समाजभित्रको एकता, अपनत्व र सहकार्यलाई अझ बलियो बनाएको छ।

FB IMG 1770502510907

 

भेलामा समाजका संस्थापक अग्रज, सल्लाहकार, आजीवन सदस्य, पूर्व तथा वर्तमान पदाधिकारी, आबद्ध संघ–संस्थाका प्रतिनिधि र पार्षद् सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिताले नेपाली समाज यूएईलाई प्रवासमा नेपालीहरूको साझा र माउ संस्थाका रूपमा थप स्थापित गराएको आयोजक पक्षको भनाइ छ।

 

कार्यक्रमका क्रममा सामाजिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै हालसम्मका गतिविधि र आगामी योजनाबारे गहन छलफल गरिएको थियो। समाजले सञ्चालन गरिरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउँदै लैजान सामूहिक सोच, अनुभव र सुझावको आवश्यकता औंल्याइएको छ।

FB IMG 1770502494474

भेलामा सहभागी संस्थापक अग्रज, सल्लाहकार तथा पार्षद् सदस्यहरूले दिएका रचनात्मक सुझावहरूलाई मार्गदर्शनका रूपमा ग्रहण गर्दै भविष्यका सामाजिक अभियानहरू अघि बढाइने प्रतिबद्धता १६औँ कार्यसमितिले व्यक्त गरेको छ। भेलाबाट प्राप्त सकारात्मक ऊर्जा र विश्वासले कार्यसमितिलाई अझ जिम्मेवार बनाएको जनाइएको छ।

 

नेपाली समाज यूएईले आगामी दिनहरूमा पनि प्रवासमा रहेका नेपालीहरूको हकहित, आपसी सद्भाव र सामाजिक एकतालाई केन्द्रमा राख्दै निरन्तर क्रियाशील रहने स्पष्ट पारेको छ।

FB IMG 1770502498867

कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न सक्रिय रूपमा खटिनु भएका सम्पूर्ण पदाधिकारी तथा सहयोगीहरूप्रति आयोजकले हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ।

कमेन्टहरु