बिक्यो सशस्त्र प्र.नि बस्नेत, खोल्यो जानकीटोला नाकाबाट तस्करीको लाईन


धर्मेन्द्र प्रसाद यादब
पर्सा । सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै तस्करी गराएको रहस्य बाहिर आएको छ l बिक्यो बोर्डर आउट पोष्ट भिखमपुर सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेत खोल्यो जानकीटोला सिमानाकाबाट लाईन भने कुरा अहिले पूरै पर्सा जिल्ला नै चर्चा चलिरहेको छ ।

सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटि तस्करी गराउदै एस्कटिंग समेत गर्ने गरेको रहस्य खुलेको छ । जानकीटोला दसौता नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरु नाकामा खटेको हुन्छ तर उनीहरू छली चोरी तस्करी रोक्न लागि होइन, बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली नआओस र पत्रकार नदेखोस तथा एस्कटिंग गरि तस्करी गराउन कै लागि धेरै सख्यामा सशस्त्र प्रहरी खटाई तस्करी गराईरहेको तस्करीको पोल स्रौत बाट खुल्न आएको छ ।
जानकीटोला सिमानाकामा मुख्य कारोबार अहिले भारत बिहार सिमा नजिक पर्ने इनर्वा बजारबाट कपडा धुने साबुन, ब्वैलर कुखुरा र कुखुराका चल्लाको तस्करी चली रहेको छ l यसका अलावा इन्डियामा सस्तो परेका कारण इन्डियाबाट किराना आईटम, कपडा,हड्वेयर, मोटर पार्ट्स, सुर्ती पदार्थ, पनि चल्ने गरेको छ ।

यस्तै नेपालबाट मटर ,मरिच, खुखुरी सिगरेट, घरेलु चूवाइ रक्सी र सिल प्याक रक्सी, पेट्रोल, डिजेल ,नेपाली पाइप लगायतको तस्करी भइरहेको छ l यस्तै मोटो रकम महीनवारी बुझाउदै भैसी ,राँगाको लाईन पाउने हरुमा महबीर, सगीर, बहिरा, रोज नाम गरेका व्यापारीहरु रहेका छन l जानकीटोला नाकाबाट तस्करी भइरहेको भने कुरा आईतबार कुखुराको चल्ला नेपाल प्रहरीले पक्राउ गरेपछि तस्करी सो नाकाबाट भइरहेको प्रमाणित भएको भएको छ l
सशस्त्र प्रहरीले सो नाका बाट तस्करी गराएको कुखुराको चल्ला ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले आइतबार राती ११ बजे पक्राउ गरेपछि तस्करी भएको रहस्य प्रस्ट खुलेको छ l सशस्त्र प्रहरी निरीक्षक बस्नेतलाई मोटो रकम महीनवारी बुझाउदै इनर्वा बस्ने शेषनाथ नाम गरेका व्यापारीले ब्वैलर कुखुराको तस्करी गराइरहेका छन l एक कुखुरा व्यापारीलाई रोकेर सोधपुछ गर्दा शेषनाथका माल रहेको खुलाए l शेषनाथको कुखुरा बोकेर पुर्याउने व्यक्ति सँग सोध्दा उनले प्रहरीलाई उनिहरुको लाइन रहेको प्रष्ट खुलाएका थिए ।

भारतमा ब्वैलर कुखुरा सस्तो र नेपालमा ४६० प्रती केजी महँगो भएका कारण शेषनाथले फाईदा उठाउदै तस्करी गराइ नेपालको जानकीटोला चौक ,महूवन चौक लंगडी चौक, डकैला चौक, सेढ्वा चौक सम्म पठाउने गरेका कारण नेपाली व्यवसायहरु मारमा परेका छन । सोही नाकामा पर्ने भारत बिहार खमीया बस्ने नस्रुदीन अंसारीले साबुनको लाईन पाएका छन l भारतमा कपडा धुने साबुन सस्तो र नेपालमा महंगो भएका कारण अंसारीले पर्सा जिल्लाको अधिकांश पसलहरुमा साबुन तस्करी गराइ पठाउने गरेका छन l
यसअनुसार सिमानाकामा खटेका सशस्त्र प्रहरीले तस्करलाई सघाएर घुस लिई सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ । जानकीटोला नाकाबाट उठेको रकम १३ नः गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपि) राजेन्द्र खड्का सम्म पुग्ने गरेको नाम नखोल्ने सर्तमा एक व्यापारी स्रौतले जानकारी दिएको छ ।
यस्ता भ्रष्ट इन्चार्जहरुका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ । यस सम्बन्धमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ । अब यो हेर्न बाकी नै छ कि प्रदेश नः २ सशस्त्रका डिआईजी चन्द्रप्रकाश गौतमले के कस्ता कार्वाही गर्लान ?






















