मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सामाजिक संजालमा फैलाइएको भ्रम पछाडी नलाग्न अध्यक्ष रोकाया आग्रह

उमेश रोकाया
२०८२ माघ २० | मध्यान्ह ०७:१० बजे

बाजुरा, माघ २० । सामाजिक संजालमा फैलाइएको भ्रमपूर्ण पछाडी नलाग्न स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले अनुरोध गरेको छन ।

माघ १९ गतेका दिन आफुलाई स्वामीकार्तिक खापर गाउँपालिका -३ घर भएका बिनोद शाही ठकुरीले सामाजिक संजाल फेसवुकमा स्वामीकार्तिकखापर गाउँपालिकाको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले एम्बुलेन्स चालक कृति कटेललाई एम्बुलेन्स बेचिसकेको र आफ्नो बिमारी जुकोट पुर्याईदिन अनुरोध गर्दा नमानेको भन्ने जस्ता अनरगल तथा भ्रमपूर्ण प्रचारबाजीको पछाडी नलाग्न आग्रह गरेका छन ।

गाउँपालिकाको एम्बुलेन्स केही दिन यता विग्रेर ग्यारेजमा मर्मतको क्रममा रहेको गाउँपालिकाको एम्बुलेन्सले सर्वसाधारणलाई दिनु पर्ने सेवा सुविधामा कुनै कमि कम्जोरी नगरेको कुरा आमनागरिक थाहा नै छ । यस्ता किसिमका व्यक्ति र संस्थालाई बदनाम गराउने, मान‎मर्दन गर्ने, गालि गलौज गर्ने लगायत मानहानी गर्ने जस्ता गैरकानूनी र निन्दनीय कार्य प्रति खेद व्यक्त गर्दै ‎गाउँपालिकाको गम्भीर ध्यानाकर्षण गरेको छ ।

‎यस्ता किसिमका अनर्गल प्रचारवाजी नगर्न नगराउन हुन सम्बन्धित सबैजनामा अनुरोध गरेको छ । यस्ता कार्य जारी रहेमा गाउँपालिका कानूनी प्रकृया अगाडी ‎बढाउन बाध्य हुने गाउँपालिकले जनाएको छ ।

कमेन्टहरु