समाचार

६ दलिय माेर्चाबाट समाजवादी कम्युनिस्ट पार्टी नेपाल अलग्यियाे

नवलपुर टुडे
२०८२ माघ २० | मध्यान्ह ०५:१० बजे

काठमाडौं । असार देखि माेर्चाबद्ध गठन भएको ६ दलिय गठबन्धनबाट समाजवादी कम्युनिस्ट पार्टी नेपाल औंपचारिक रुपमा अलग भएको छ । उक्त पार्टीका केन्द्रीय कार्यलय सचिव शालिनले याे जानकारी दिएका छन् ।

माेर्चामा जेनजि आन्दाेलनबारे बुझ्ने दृष्टिकोण, चुनाव अस्वीकार बारे राखिएको दृष्टिकोण, समाजिक सत्ता निर्माण बारेको बुझाई लगायतका बिषयहरुमा समान दृष्टिकोण हुन नसकेपछि अलग भएको जानकारी दिए । उक्त माेर्चाकाे अन्तिम बैठक बनाउदै पार्टीका केन्द्रीय प्रतिनिधि समीर सिंहले हाम्रो पार्टीको धारणा स्पष्ट ढंगले राखेर बाहिरिएको समेत बताए ।

कमेन्टहरु