नागढुंगाबाट १५ सय एम्पुल लागु औषधसहित ३ जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन २६ | मध्यान्ह ०२:०४ बजे

काठमाडौं । काठमाडौँको नागढुंगाबाट लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ वीरगन्जबाट काठमाडौँतर्फ जादै गरेको ना.६ख ४१३२ नम्बरको बसमा आएका पर्साको पकाहा मैनपुर घर भएका नितेश पटेललाई प्रहरीले पक्राउ गरेको थियो ।
पटेलको बयानका आधारमा अरू दुईजना पनि पक्राउ गरेको हो ।१९ वर्षीय नितेशको साथबाट प्रहरीले गाडीको सिटमा लुकाएर ल्याएको डाइजेपाम ५ सय एम्पुल, नुफ्रिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल बरामद गरेको छ । सो लागु औषध कीर्तिपुर बस्ने रवीन्द्र प्रसाद कुर्मी र फैयाज अन्सारीले मगाएका थिए ।
बारा घर भएका कुर्मी र पर्सा घर भएका अन्सारीलाई कीर्तिपुरको ट्याङ्लाफाँटबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनुभयो ।






















