मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

विपन्न जेहेन्दार विद्यार्थीलाई न्यानो लुगा वितरण

उमेश रोकाया
२०८२ माघ १९ | बिहान १०:१० बजे

‎बाजुरा, माघ १९ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. २ का अति विपन्न जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री लगायत न्यानो लुगा (ज्याकेट) वितरण गरिएको छ । सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुवरको पहलमा दुर्गम बालबालिकालाई शैक्षिक सामाग्री सहित न्यानो लुगा सहयोग भएको हो ।

‎बाजुराकाको अति दुर्गम ठाउँ हिमाली गाउँपालिका पुग्न तिन दिन गाडिमा तिन दिन बास बस्दै हिउमा पैदल यात्रा पछि अति विपन्न स्कुलहरुमा पुगेर बालबालिकालाई न्यानो लुगा र ज्याकेट सहयोग गरेको सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुवरले बताउनुभयो । दुइटा स्कुलमा हिउँले गर्दा हिन्न नसकेर पैदल यात्रा गर्न गारो भएपछि वडा अध्यक्ष को हातमा हस्तान्तरण गरेका उनलेे बताए ।

‎१ सय ७२ जना नानी बाबुहरुलाई चिसो र हिउँमा न्यानो ज्याकेट सहयोगी दाताहरुलाई भगवान् रुपि दाताहरुले गर्दा यो सहयोग पाएका हुन । दुर्गम विद्यार्थीलाई २ सय ५० वटा स्कुल ब्याग र १ सय १० वटा टोपि सहयोगी हुँदा विद्यार्थी राहत भएको विधालय व्यवस्थापन समिति अध्यक्ष जीवन बोहराले बताउनुभयो ।

‎कतिपय विद्यार्थी चिसो मौसमले गर्दा विधालयमा विद्यार्थी नआउने खालको अवस्था हुन्थ्यो । अहिले न्यानो कपडा पाएपछि दुर्गम ठाउँका बालबालिकालाई निकै राहत भएको छ । पछिल्लो समय विधालयमा विभिन्न ठाउँमा बाट सहयोग मिलेको छ । एक किसिमको विद्यार्थीहरुको नयाँ हौसला प्रदान भएका छ । त्यसले गर्दा बच्चाको बाहिर रूपमा लत्ताकपडा राम्रै भएको छ । अरु विधालय भन्दा उच्च स्थानमा रहेको शैक्षिक संस्था मान्ने गरिन्छ ।

कमेन्टहरु