विश्व

चीनसँग सम्झौता गर्नु बेलायतका लागि निकै खतरनाकः ट्रम्प

एजेन्सी
२०८२ माघ १६ | मध्यान्ह ०१:१० बजे

अमेरिका, माघ १६। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका लागि चीनसँग सम्झौता गर्नु ‘धेरै खतरनाक’ भएको बताएका छन्। बेलायतका प्रधानमन्त्री कियर स्टार्मर चीन भ्रमणमा रहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। प्रधानमन्त्री स्टार्मर र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि ट्रम्पको प्रतिक्रिया सार्वजनिक भएको हो।

तीन दिनको चीन भ्रमण बेलायत र चीनबीचका सम्बन्धलाई नयाँ ढंगले सुदृढ गर्ने उद्देश्यका साथ गरिएको बताइएको छ। दुवै देशबीच भएका सम्झौताहरूको उद्देश्य व्यापार र लगानी विस्तार गर्नु रहेको छ।फस्र्ट लेडी मेलानिया ट्रम्पमाथि बनेको एक डकुमेन्ट्रीको प्रिमियरका क्रममा जब ट्रम्पलाई बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न लागेको विषयमा प्रश्न गरिएको थियो, उनले भने, ‘यो उनीहरूका लागि निकै खतरनाक छ।’

यो टिप्पणी त्यही समयमा आएको हो, जब प्रधानमन्त्री स्टार्मरले राष्ट्रपति सी जिनपिङसँगको भेटपछि बेलायत–चीन सम्बन्ध ‘राम्रो र मजबुत अवस्थामा’ रहेको बताएका थिए।शुक्रबार बेलायतका प्रधानमन्त्रीले राष्ट्रपति सीसँग भएका ‘अत्यन्त राम्रो बैठकहरू’बाट आफूले अपेक्षा गरेअनुसारकै स्तरको संवाद भएको बताएका छन्। 

कमेन्टहरु