कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

वर्षा भएपछि कृषक खुशी

उमेश रोकाया
२०८२ माघ १५ | मध्यान्ह ०३:१० बजे

‎बाजुरा, माघ १५ । बाजुरा जिल्लाको उच्च पहाडी भेगमा वर्षा भएपछि कृषक खुशी भएका छन । मौसम बदलियो संगै हिमाली भेगमा वर्षा अत्यधिक मात्रामा बढेपछि बाजुरा अधिकास स्थानीय खुशी भएका हुन । मंग्लवार बेलुका देखि निरन्तर वर्षा आएको हुदा हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र बुढिनन्दा नगरपालिका केही उच्च भागमा हिमपाद संगै वर्षा सुरु भए संगै यहाँका स्थानीय कृषकलाई राहत भैरहेको बुढिनन्दा नगरपालिका -१० का ज्ञान बहादुर बोहराले बताउनुभयो ।

आकाशमा बादल लागे संगै वर्षाले गर्दा बाजुरा केही स्थानहरूमा चिसो कारण जनजीवन कष्टकर भएको छ । त्यति मात्र नभएर यहाँको स्थानीयलाई वर्षा भएको देख्दा गहुँ र जौ लगायत अन्नबालीका लागि ठुलो राहत हुने हुँदा कृषक निकै उत्साह भएको छन । वर्षा भए संगै चिसो अत्यधिक मात्रामा बढेपछि सुदुरपश्चिम उच्च पहाडी भेगमा रहेका हिमाली जिल्लामा वर्षा भैरहेको छ ।

‎बाजुरा जिल्लाका उच्च पहाडी भेगमा वर्षा भैरहेक छ । यहाँका कृषकलाई फलफूल तथा खेतीपातीमा वर्षाले गर्दा ठुलो राहत हुने भएको हिमाली गाउँपालिका – ६ का स्थानीय रमिला रावलले बताउनुभयो । अहिले वर्षा संगै उच्च स्थानमा हावाहुरी चलिरहेको छ । उत्तिकै चिसो मात्रा बढिरहेको हुँदा स्थानीय जनजीवन कष्टकर भएको छ । पानीको अभावले पछिल्लो समय लगाएको बालीनाली सुक्न लागेका थिए । लगातार २ दिनका वर्षाले लगाएका फलफूल लगायत बाली हरियाली हुन लागेको स्थानीय रावलले बताउनुभयो ।

‎सिचाइ क्षेत्रको पहुँचमा कम भएको खेतीयोग्य जग्गा लाई वर्षाले गर्दा अहिले बाली हरियो देखिन्छ । दुर्गम ठाउँका भिरालो पाखो जमिनमा आकाशे पानीको भरमा खेतीपाती लगाउने गरेका छन । लगाएको बाली पानी नआउँदा सुख्खा खडेरी परेका थिए । धेरै महिनापछि बाजुराका विभिन्न ठाउँमा वर्षा भएको हुँदा यहाँका अधिकास कृषक अन्नबाली हरियाली हुँदा खुशी व्यक्त गरेका छन ।

कमेन्टहरु