पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

रासस
२०८२ माघ १५ | मध्यान्ह ०१:१० बजे

म्याग्दी, माघ १५। मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो ।समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।
बिम–मालिका सङ्घको सहयोगमा २०७७ साल का पहिरोपीडितको लागि एकीकृत बस्ती स्थापनाका लागि खरिद भएको जग्गामा भवन निर्माण भएको हो । भवनको गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गर्नुभयो ।


















