न्युजिल्यान्डमा पहिरोमा पुरिएकाहरूको खोजी कार्य स्थगित


वेलिङटन । न्युजिल्यान्डको उत्तर टापुमा रहेको एक व्यस्त क्याम्प ग्राउन्डमा पहिरो जाँदा पुरिएका व्यक्तिहरूको खोजी तथा अवशेष सङ्कलन कार्य अस्थायी रूपमा रोकिएको छ । सुरक्षा जोखिमका कारण आइतबार अधिकारीहरूले माउन्ट मौङगानुई क्षेत्रमा भइरहेको उद्धार तथा खोजी कार्य स्थगित गरिएको बताएका छन् ।
तर, आइतबार घटनास्थलमा नयाँ चिरा देखिएपछि थप पहिरो खस्ने जोखिम बढेको भन्दै सबै कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । सबैको सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि काम रोकिएको प्रहरी सुपरिन्टेन्डेन्ट टिम एन्डरसनले बताए । उद्धार कार्य फेरि कहिले सुरु हुन्छ भन्ने विषयमा दिन दिनैको अवस्था मूल्याङ्कन गरिने उनले जानकारी दिए ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले यस घटनालाई अत्यन्त दुःखद भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । यसैबिच, भारी वर्षाका कारण छिमेकी पापामोआ क्षेत्रमा गएको अर्को पहिरोमा दुई जनाको ज्यान गएको छ ।























