नवलपरासी क्षेत्र नं. २ मा देवेन्द्रराज कंडेल पार्टीको आधिकारिक उम्मेदवार: कांग्रेस


नवलपरासी, माघ ९ । नवलपरासी पश्चिम प्रतिनिधिसभा क्षेत्र नं. २ मा आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल भएको नेपाली कांग्रेसले जानकारी दिएको छ । सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई पत्र लेखेर कंडेल आधिकारिक उम्मेदवार भएको जानकारी गराएका हुन् ।बिहिवार निर्वाचन आयोगले भीमबहादुर थापा(भरत)को उम्मेदवारी कायम रहेको जानकारी दिएको थियो ।
अगामी निर्वाचनका लागि दुवै जनाले पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेपछि कोनआधिकारिकता हो भन्ने विवाद उत्पन्न भएको थियो । दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले बिहिवार साझ थापालाई आधिकारिकता दिएका थिए
कँडेल कांग्रेसमा शेरबहादुर देउवा निकटका नेता हुन् भने थापा सभापति गगनकुमार थापा निकट मानिन्छन् । तर आज (शुक्रबार) सभापति गगन थापाले आयोगलाई पत्र लेखेर देवेन्द्र कंडेल आधिकारिक उम्मेदवार भएको जानकारी गराएका हुन् ।
























