‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

रासस
२०८२ माघ ८ | बिहान ११:१० बजे

काठमाडौँ, माघ ८। परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर)कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उक्त सत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, स्विटजरल्याण्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदी, परराष्ट्र मन्त्रालय तथा जेनेभास्थित नेपाली नियोगका वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो ।


















