दुर्घटना

नवलपुरको बुलिङटारमा बस दुर्घटना, ६ जना घाईते

नवलपुर टुडे
२०८२ माघ ७ | मध्यान्ह १०:१० बजे

बुलिङटार, माघ ७ । नवलपुरको बुलिङटार गाउँपालिका- २ भेलौरीस्थित कालिगण्डकी करिडोर सडक खण्डमा बस दुर्घटना हुदा ६ जना घाईते भएका छन ।

पोखरराबाट गैडाकोट तर्फ आउदै गरेको ग १ ख ९५४६ नम्बरको बस झापा बिर्तामोड स्थितमा रहेको निभी आदर्श कलेजमा कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरु भ्रमण लिइ आउदै गर्दा ब्रेक पाइप फुटी ब्रेक नलागी भित्तामा ठोकिन गइ दुर्घटना भएको हो ।

बसमा ३४।३५ जना सवार मध्ये ६ जना घाइते भएका हुन । घाइतेलाई तत्काल स्थानीय बुलिङटार अस्पताल पठाई सामान्य उपचार गरी थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाईएको नवलपुर प्रहरीले जानकारी दिएको हो ।

घाइतेहरु झापा बिर्तामोड न.पा.८ बस्ने बर्ष १८ की उन्नति पाठक (टाउकोमा चोट मध्यम), सोही स्थान बस्ने बर्ष १८ को अनिल जैसवाल (अनुहारमा चोट सामान्य), बर्ष १८ को अंकित सिटौला (बाँया हातमा चोट सामान्य), बर्ष १८ को गगन नेचे (बाया हातमा चोट सामान्य), बर्ष १८ को साङनुमा लिम्बु (बाया हातमा चोट सामान्य) र बर्ष १७ की पबित्रा गुरुङ (चोट नदेखिएको सामान्य) रहेका छन।

घाईतेहरुको अवस्था सामान्य बन्दै गएको र घटना बारे अनुसन्धान भैईरहेको प्रहरी बताएका छन ।

त्यस्तै जिल्लाको गैंडाकोट नगरपालिका- १३ उत्तम चोकस्थित पूर्व-पश्चिम राजमार्गमा कावासोतीवाट गैडाकोटतर्फ आउदै गरेको ना२च ४०९८ नम्वरको पिकअपले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिदा उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैंडाकोट न.पा. १३ बस्ने बर्ष ६२ को प्रेम बहादुर क्षेत्री रहेका छन । उनको नयाँ मेडिकल कलेज भरतपुर चितवन उपचारको क्रममा मृत्यु भएको हो।

सवारी साधन र चालक रत्ननगर न.पा.१३ बस्ने बर्ष ४६ को सतिष रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

 

कमेन्टहरु