केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

रासस
२०८२ माघ ७ | मध्यान्ह ०४:१० बजे

काठमाडौँ, माघ ७। सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज यहाँ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


















