दुबई यूएई, निर्वाचन, मुख्य समाचार, राजनीति

मोरङ्ग धनपालथानमा रास्वपाको सक्रियता: नयाँ राजनीतिक तरंग मोरङमा सुरु

कबिराज राजबंशी
२०८२ माघ ४ | बिहान १२:१० बजे

 

FB IMG 1768673805711

मोरङ, धनपालथान 

मोरङको धनपालथान गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन दादरबैरियाको रामजानकी मन्दिर परिसरमा सम्पन्न भएको छ। मोरङ क्षेत्र नं. ५ अन्तर्गत सम्पन्न यस अधिवेशनले दशकौँदेखि जरा गाडेर बसेको असफल, स्वार्थी र जनविरोधी राजनीतिप्रति कडा सन्देश दिएको छ।

 

अधिवेशनमा उपस्थित वक्ताहरूले “अब कि बार, बालेन सरकार” भन्ने नारासहित पुराना दलहरूलाई खुला चुनौती दिएका छन्। उनीहरूले जनताको नाममा सत्ता दोहन गर्ने प्रवृत्तिविरुद्ध सचेत रहन जनता र नेतृत्व दुवैलाई आग्रह गरेका थिए। विशेष गरी शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, यातायात, र युवाको भविष्य संकटमा पार्ने पुराना नेतृत्वको आलोचना कार्यक्रमको मुख्य विषय बन्यो।

FB IMG 1768673796954

 

अधिवेशनले वडा तहबाटै भ्रष्टाचार, नातावाद–कृपावाद, र दलाली प्रवृत्तिको अन्त्य गर्दै जनताको शासन स्थापित गर्ने स्पष्ट संकल्प व्यक्त गरेको छ। सहभागी युवाहरूले अब चुनावी भाषण मात्र नभई काम गर्ने राजनीति आवश्यक भएको भन्दै वैकल्पिक शक्तिको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन्।

 

कार्यक्रममा सहभागीहरूका अनुसार, धनपालथानबाट सुरु भएको यो सन्देशले मोरङ मात्र नभई समग्र प्रदेश र देशको राजनीतिमा नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरिएको छ। रास्वपाले यस अधिवेशनमार्फत स्थानीय तहबाट नै परिवर्तनको प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक गरेको छ।

 

विश्लेषकहरूका अनुसार, रास्वपाको यो सक्रियता र स्थानीय तहबाट देखिएको आन्दोलनले पुराना, जनविरोधी राजनीतिक संरचनामा चुनौती दिएको छ। यसले आगामी चुनावमा नयाँ वैकल्पिक राजनीतिक शक्ति स्थापित हुने संकेत गरेको ठानिएको छ।

 

कमेन्टहरु