खाेला मापदण्ड बिरुद्ध माेटरसाइकल र्याली र खरबरदी हुने

रिदेन महर्जन
२०८२ माघ ३ | मध्यान्ह ०४:१० बजे

काठमाडौं । भूमि अधिकार संरक्षण समितिकाे आयाेजनामा खाेलामादण्द बिरुद्ध आज शनिबारको मोटरसाइकल र्याली हुने भएकाे छ । खोल्चापाखा, रुद्रविनाय मन्दिर परिसर, टेकुमा समय दिउँसो ४:०० बजे हुने भएकाले सहभागी जनाउन सम्पूर्णमा आह्वान गरेकाे छ । साथै खबरदारी माघ ४ गते आइतबार खबरदारी गरिने भएकाे छ ।
सम्पुर्ण खाेला मापदण्ड खारेज गर भूमि हाम्राे प्राण हाे भन्ने नाराका साथ भाेलि बिहान १०:०० बजे खाेल्चा रुद्रविनायक मन्दिर, टेकु पेट्रोल पम्प नजिक प्रदर्शनी हुने भएकाेले न्यायप्रेमी सम्पूर्ण जन समुदायहरुलाई कार्यक्रममा भेला भई दिन हुन आह्वान गरेका छन् । उनीहरुले अधिकार प्राप्तिका लागि एक जुट हुनु हाैं मापदण्दकाे नाउमा उपत्यकाका स्थानिय बासिन्दाकाे भूमि लुट्न गर ! भूमि हाम्राे प्राण हाे ! ILO 169 लागू हाम्राे भूमि लुट्न बन्द गर ! जनताकाे सम्पत्ति हक कायम गर ! नारा लगाएर खबरदारी गरिने भएकाे छ ।


















