दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति
हिन्दू जागरण अभियान नेपाल – युएईको चौँथो कार्यसमिति पहिलो कार्यक्रम अबुधाबीको BAPS मन्दिर दर्शनबाट सुरु गर्ने


प्रवास दुवई, यूएई— हिन्दू जागरण अभियान नेपाल शाखा युएईको चौँथो कार्यसमिति (२०२५–२०२७) ले आफ्नो कार्यकालको पहिलो कार्यक्रमको रूपमा धार्मिक यात्रा आयोजना गर्ने भएको छ। सो कार्यक्रम अन्तर्गत अबुधाबीस्थित विश्वप्रसिद्ध BAPS हिन्दू मन्दिर दर्शन गरिनेछ।
आयोजकका अनुसार धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त यात्रा १८ जनवरी २०२६, आइतबार का दिन सम्पन्न हुनेछ। यात्राका लागि बस बिहान ९:०० देखि ९:३० बजेभित्र प्रस्थान गर्नेछ।
📍 बस प्रस्थान स्थल:
Al Ghubaiba Metro Park, बरदुबई
हिन्दू जागरण अभियान नेपाल युएईले युएईमा रहेका नेपाली हिन्दू समुदायलाई एकताबद्ध गर्दै धार्मिक आस्थासँग जोड्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरेको जनाएको छ। धार्मिक यात्रामा सहभागी हुन चाहने भक्तजनहरूलाई समयमै आफ्नो सिट सुरक्षित गर्न आग्रह गरिएको छ।
यस कार्यक्रमले धार्मिक पर्यटनसँगै आपसी सद्भाव, संस्कृतिको संरक्षण र आध्यात्मिक अनुभव आदान–प्रदानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।























