विश्व

इरानविरुद्ध कडा कदम चाल्न विचार गर्दैछु : राष्ट्रपति ट्रम्प

एजेन्सी
२०८२ पुस २८ | मध्यान्ह १२:०९ बजे

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताएका छन् ।

 
 
 

इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसलाई धेरै गम्भीरताका साथ हेरिरहेको बताए । सेनाले यसको अध्ययन गरिरहेको र हामी केही धेरै कडा विकल्पहरूको बारेमा सोचिरहेको उनको भनाइ छ ।

इरानमा पछिल्लो समय सरकार विरोधी प्रदर्शनहरू र राजनीतिक अस्थिरताका खबरहरू बाहिरिएका छन् । जसलाई लिएर अमेरिकाले आफ्नो रणनीति तय गरिरहेको बुझिएको छ । 

कमेन्टहरु