प्रबास

ग्रोकको गल्ती मान्दै एक्सले भारतमा गर्यो ६०० खाता डिलिट

एजेन्सी
२०८२ पुस २७ | मध्यान्ह १२:०९ बजे

नयाँ दिल्ली । माइक्रो ब्लगिङ वेबसाइट एकले आफ्नो गल्ती स्वीकार गर्दै भारतमा कानुन अनुसार सञ्चालनको आश्वासन दिएको छ । सरकारी स्रोतका अनुसार अश्लील र आपत्तिजनक सामाग्रीलाई लिएर विवाद उठेपछि एक्सले कारबाही गर्दै ३ हजार ५०० कन्टेन्ट ब्लक गरेको छ । ६०० भन्दा धेरै खातालाई हटाइएको पनि बताइएको छ । 

 
 
 

प्लेटफर्ममा अश्लील तस्बिर र अभद्र सामाग्री प्रसारलाई लिएर चिन्ता उठेपछि यो कदम चालिएको हो । भविष्यमा यस्ता खालको सामाग्रीलाई प्लेटफर्ममा ठाउँ नदिइने पनि एक्सले आश्वासन दिएको छ ।

घरेलु नियम र कानुनको कठोरतापूर्वक पालना सुनिश्चित गर्न आफ्नो कन्टेन्ट मोडरेशन सिष्टमलाई अरू बलियो बनाउने एक्सको भनाइ छ । एक्सको एआई टूल ग्रोक प्रयोग गरेर अश्लील र यौन रूपमा आपत्तिजनक सामाग्री बनाइएको भन्दै हालै भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिक मन्त्रालयले चिन्ता व्यक्त गरेको थियो । 

 

जनवरी २ मा, मन्त्रालयले एकसको नाममा निर्देशन जारी गर्दै ग्रोक वा अन्य कुनै पनि माध्यमबाट बनाइएका सबै अश्लील, यौनजन्य र गैरकानूनी सामग्री तुरुन्तै हटाउन भनेको थियो । निर्देशन पालना नगरेमा आईटी ऐन र अन्य सान्दर्भिक कानुनहरू अन्तर्गत कडा कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको थियो ।

कमेन्टहरु