युएईमा पहिलो पटक नेपाली डाक्टरद्वारा सञ्चालित क्लिनिक सेवा सुरु भएकाे छ।

“निको पोलिक्लिनिक” सञ्चालनमा, विशेष छुटसहित हेल्थ केयर प्याकेज उपलब्ध
युएई । संयुक्त अरब इमिरेट्समा रहेका नेपाली समुदायका लागि खुसीको खबर छ। युएईमै पहिलो पटक नेपाली डाक्टरहरूको पहल र नेतृत्वमा “निको पोलिक्लिनिक” औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाली भाषामै सेवा, अपनत्वपूर्ण व्यवहार र किफायती उपचार प्रदान गर्ने उद्देश्यका साथ क्लिनिक सुरु गरिएको सञ्चालक पक्षले जनाएको छ।
निको पोलिक्लिनिकमा हाल General Physician, Gynecology (स्त्रीरोग सेवा), Radiology, Laboratory, Pharmacy तथा Home Care Service जस्ता अत्यावश्यक स्वास्थ्य सेवाहरू उपलब्ध छन्। आधुनिक उपकरण, अनुभवी स्वास्थ्यकर्मी र गुणस्तरीय सेवा नै क्लिनिकको प्रमुख विशेषता रहेको बताइन्छ।
विशेषगरी युएईमा कार्यरत नेपाली श्रमिक, परिवार तथा समुदायलाई लक्षित गर्दै निको पोलिक्लिनिकले विशेष छुटसहित विभिन्न हेल्थ केयर प्याकेज पनि सार्वजनिक गरेको छ।
🔹 Basic Package – सामान्य स्वास्थ्य जाँच, प्रारम्भिक परामर्श तथा आधारभूत टेस्ट
🔹 Silver Package – विस्तृत स्वास्थ्य परीक्षण, चिकित्सक परामर्श र आवश्यक ल्याब सेवा
🔹 Gold Package – नियमित स्वास्थ्य चेकअप, विशेषज्ञ परामर्श, रेडियोलोजी सेवा
🔹 Platinum Package – सम्पूर्ण स्वास्थ्य मूल्यांकन, प्राथमिक उपचारदेखि Home Care सम्मको समेटिएको सेवा

यी प्याकेजहरू विशेष छुट दरमा उपलब्ध गराइएकाले कम लागतमा गुणस्तरीय उपचार लिन सकिने क्लिनिकको दाबी छ।
निको पोलिक्लिनिकका सञ्चालकहरूका अनुसार, “विदेशमा हुँदा भाषा, संस्कृति र खर्चकै कारण धेरै नेपालीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था छ। यही समस्यालाई मध्यनजर गर्दै नेपाली डाक्टरबाटै सेवा दिने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएका हौँ।”
नेपाली समुदायमैत्री वातावरण, पारदर्शी सेवा र भरोसायोग्य उपचारका कारण निको पोलिक्लिनिक युएईमा रहेका नेपालीहरूका लागि आशाको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
























