नेपाली समाज युएईद्वारा “प्रेसिडेन्ट कप–२०२६” फुटबल प्रतियोगिता आयोजना हुने


युएईस्थित नेपाली समुदायको साझा संस्था नेपाली समाज युएई को आयोजनामा “प्रेसिडेन्ट कप–२०२६” फुटबल प्रतियोगिता हुने भएको छ। “एकता, सहकार्य अनि निरन्तरता” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी १७ जनवरी २०२६ (शनिबार) का दिन डल्स्को एरिना ग्राउण्ड, अल कुज मा साँझ ९:०० बजेपछि सुरु हुनेछ।
नेपाली समाज युएईको प्रस्तुतिमा आयोजना हुने यस प्रतियोगितामा १९८६ सम्म जन्मिएका (Gen X र Y) खेलाडीहरू सहभागी हुन पाउने छन्। प्रतियोगिताको प्रवेश शुल्क ३५० दिराम (AED) तोकिएको छ भने अन्तिम दर्ता मिति ७ जनवरी २०२६ रहेको आयोजकले जनाएको छ। खेलको फिक्स्चर ड्र भने ११ जनवरी २०२६ मा किङ ग्लोबल, बुर दुबई मा सार्वजनिक गरिनेछ।
प्रतियोगितामा नगद पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिनेछ। विजेता टिमले १५०० दिराम नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले १००० दिराम नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। प्रतियोगिता अवधिभर निःशुल्क मेडिकल चेकअप सेवा समेत उपलब्ध गराइनेछ।
यस प्रतिष्ठित प्रतियोगितामा युएईस्थित विभिन्न सामाजिक तथा क्षेत्रीय संस्थाहरूको उल्लेखनीय सहभागिता रहने भएको छ। हालसम्म प्रतियोगितामा सहभागी हुन २० टिम कन्फर्म भइसकेका छन्।
कन्फर्म टिमहरू यसप्रकार रहेका छन्:
- नेपाली समाज युएई आयोजक
- एनआरएनए यूएई
- नेपाल पत्रकार महासङ्घ शाखा – युएई
- रुपन्देही सेवा समाज – युएई
- सैनामैना सेवा समाज – युएई
- किरात राई यायोक्खा शाखा – युएई
- तमु समाज – युएई
- लमजुङ समाज – युएई
- सिन्धुपाल्चोक सेवा समाज
- हातेमालो संस्था आबुधाबी – युएई
- गोर्खा सेवा समाज
- कास्की समाज – युएई
- तनहुँ सेवा समाज
- सुदूरपश्चिमेली नेपाली समाज – युएई
- गुल्मी सेवा समाज – युएई
- सुनसरी समाज – युएई
- किरात याक्थुङ चुम्लुङ – युएई
- स्याङ्जा सहयोग समाज
- तामाङ समाज – युएई
- नेवा: पुच: – युएई
नेपाली समाज युएईले युएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खेल हेर्न, खेलाडीहरूलाई हौसला दिन तथा समुदायबीच आपसी सद्भाव र एकता मजबुत बनाउन प्रतियोगितामा उपस्थित हुन आग्रह (नेपाली समाज यूएई)आयोजक टीम ले आग्रह गरेको छ























