रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नम्बर १ र २ बाट पुर्ब २ डीएसपीको चर्चा


बुटवल । आम चुनाब नजिकिदै गर्दा गुल्मी भने आकर्षणको केन्द्र बन्दै गरेको छ । नेपाली काङ्ग्रेसबाट पुराना नेता चन्द्र भन्डारी र एमालेबाट प्रदिप ज्ञावलीको प्रत्याशीको रुपमा पुर्ब डीएसपी तथा हाल अधिबक्ता तथा गुल्मी जिल्ला पार्टी सभापति भोजराज पान्डेय र गुल्मी दुईबाट एमालेका उपाध्यक्ष गोकर्ण बिस्टका प्रत्याशीको रुपमा पुर्ब डीएसपी हाल अधिबक्ता तथा भिजिट भिषा प्रकरणमा तरङ्ग ल्याएका गोविन्द पन्थीको चर्चाले देश नै तरङ्गित भएको छ।
उनीहरुले बिजय प्राप्त गर्दा इतिहास मै रेकर्ड्नै दर्ज गराउने छ्न । स्मरण रहोस दुबै पुर्ब डीएसपी नेपाल प्रहरीमा एउटै मितिमा सेवा प्रबेश गरी एकै पटक गतसाल अबकाश भएका हुन । उनीहरु दुबै संगठनका उत्कृष्ट एबम जनमुखी काम गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्णसमेत प्राप्त गरेका अधिकारी हुन । जसले गर्दा गुल्मीका जनतामा नयाँ उत्साह थपेको छ ।
जानकारका अनुसार त्यसो हुन सक्दा दुबै जनाले बिजयको ताज पैरिदै इतिहास रच्ने देखिन्छ।























