दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति

थारु कल्याणकारिणी सभा युएईले माघी पर्व मनाउदै  

कबिराज राजबंशी
२०८२ पुस २१ | मध्यान्ह ०१:०९ बजे

IMG 20251224 WA0301 1

“थारु कला संस्कृति हाम्रो पहिचान यस्लाई संरक्षन र प्रवर्द्दन गर्ने हाम्रो अभियान ” को मुल नारा सहित प्रवासमा रहेर पनि आफ्नो मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले पछिल्लो हरेक बर्ष झै थारु कल्याणकारी सभा युएईले आगामी ११ जनवरि २०२६का दिन “१२ औं वार्षिक भेला तथा माघी पर्व एवं थारु नयाँ वर्ष २६४९” विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउने भनि महासचिव खेम चौधरी ज्युले जानकारी दिए । 

क्लब एभरेस्ट, अष्टोरिया होटलको हलमा सम्पन्न हुने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक खेम चौधरी को विषेश प्रस्तुती रहनेछ साथै स्थानिय कलाकारहरू समेत प्रस्तुति रहने भनि कार्यक्रम संयोजक महेश चौधरी ज्यु ले जानकारी दिए । 

 

थारु समुदायको समाज सेवी हरु साथै थारु गित संगितमा उल्लेखनिय भुमिका निर्वाह गर्नु भएको बिशिष्ट ब्यक्ति हरुलाई बर्षेनी माघी कार्यक्रममा युएई बोलाएर सम्मान गर्दै आएको छ । अहिले सम्म दर्जनौ कलाकार तथा बिशिष्ट ब्यक्ति हरुलाई निमन्त्रणा गरि सम्मान गरेर थाकस राष्ट्रीय अन्तराष्ट्रीय को तुलनामा थाकस युएई पहिलो स्थानमा रहेको बिभिन्न स्रोतबाट जानकारी प्राप्त भएको छ ।

 

थारु समुदायले मनाउने मौलिक सांस्कृतिक पर्वलाई स्थान अनुसार तिला सकरा, माघ,माघी, खिचरा, खिचरी, माघया सक्रांती आदि भन्ने गरिन्छ । माघ १ गते देखि दिन लामो र रात छोटो हुन थाल्छ जसले गर्दा थारूहरूले यसलाई घामको जन्म दिनको रूपमा लिने र बिहानै पवित्र नदि खोलामा स्नान गरि घामको अर्थात सुर्यको पुजा आजा गर्ने गर्छन । साथै यो दिन तिलको लड्डु खाएर शुभकामना आदानप्रदान गरि नयाँ वर्षको रुपमा मनाउने चलन छ ।

 

विवाह गरेर पराई घर गएका चेलीवेटी तथा ईश्टमित्र विचको सम्बन्ध सुमधुर पार्ने चाडको रूपमा समेत थारू समुदायले यो चाडलाई मनाउने गर्छन । माघी पर्वलाई थारू समुदायले नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गर्छन। पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । यहि बेला आफ्नो टोल, गाउॅंमा अग्वा चुन्ने, गरढुर्या चुन्ने, चौकिदार चुन्ने, केसौका, देशबन्ध्या, घरगुर्वा चुन्ने र उचित मानिस लाई उचित जिम्मेवारी दिएर पदको बांडफांट गर्ने गरिन्छ । त्यसै गरि यसै समयमा आफ्नो समुदायमा न्याय तथा मेलमिलापका कार्य गर्ने ।

 

जस्तै महटावां, भलमन्सा वा बरघरको आंगनमा ख्याल कार्यक्रम राखेर, गाउॅंटोल, छरछिमेकमा कसलाई अन्याय परेको छ । कसको झगडा को सँग र के कारणले पर्‍यो त्यसको कारण पत्ता लगाएर पिर मर्कामा परेको मानिसलाई न्याय दिने र दोषीको भागिदारलाई सामुहिक स्थलमा गल्ति गरेको कार्यलाई प्रायश्चित गरी माफी माग्न लगाउने चलन रहेको छ ।

कमेन्टहरु