विश्व अशान्तिको मुहान केन्द्र अमेरिका हाे भेनेजुएला माथिकाे आक्रमण निन्दनीय: मुक्ति गैरे


काठमाडौं । विद्यार्थी स्वयंसेवक नेपालकाे केन्द्रीय संयाेजक मुक्ति गैरेले विश्व अशान्तिको मुहान केन्द्र अमेरिका भएको बताएका छन् । उनलेे हिजो भेनेजुएलामा भएको आक्रमण र नेता निकाेलस मादुराे र उहाँको परिवारकाे गिरफ्तारीलाई लिएर उनलेे कडा निन्दा र भत्सर्ना गर्दै यस्तो बताएका हुन् । उनलेे भनेका छन् : `अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले वर्तमान विश्व परिवेशमा आँफु शान्तिकाे दुत भन्दै नाेबेल शान्ति पुरस्कारको माग दाबी गरिरहे । उनलेे आँफु पाकिस्तान भारत लगायतका केही देशहरुमा भईरहेका युद्धहरुलाई वार्ता गराएर युद्ध राेकि अशान्ति फैलिनबाट जाेगाएकाे दाबी गरिरहे ।
साेहि दाबी अनुसार आँफुले नाेबेल शान्ति पुरस्कार पाउनुपर्ने चिच्हाट मच्चाए । तर उनी वास्तविक अर्थमा शान्ति दुत नभएर अशान्तिका मुख्य जिम्मेवारकर्ता छन् । यहीँ अशान्तिको मानसिकताकाे हर्कतले आज अरु देशको स्वतन्त्र माथि बमबार गरि अशान्ति फैलाईरहेका छन् । हतियार आपुर्ति गरेर युद्ध लम्ब्याई रहेका छन् । कर युद्ध चलाएर अस्थिर अर्थतन्त्र पैदा गरि अशान्ति, भाेकमरि र अभाव सिर्जना गरिरहेका छन् ।
वास्तवमा शान्तिकाे दुत हाेईन् उनी अशान्तिका हिंस्रक रुपमा चित्रित छन् । अमेरिकी फस्ट नीतिकाे अंगिकार गर्दै दाेस्राे विश्व युद्धमा जापानमा बम खसालेर शुरु गरेको दादागिरी अहिलेसम्म कायमै छ । याे कायम रहदा सम्म उनलाई र उसको देश अमेरिकालाई शान्तिकाे देश मान्न सकिन्न । उसले पछिल्लाे समय इजरायल, युक्रेन थुप्रै देशहरुमा युद्धक हातहतियार आपुर्ति गरेर युद्ध लम्ब्याई रहेको छ । भने ईरान र आजै मात्रै भेनेजुएलामा आक्रमण गरेर अरु देशको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता माथि हमला गरेर आफ्नाे बिगत देखि कायम रहेको युद्ध अपराधकाे दादागिरी सतहमा ल्याएर हर्कत प्रदर्शन गरेकाे छ जुन निन्दनीय छ । यस्तो कार्यले शान्ति हाेईन् विश्वकाे अशान्तिको मुहान केन्द्र अमेरिका हाे भन्ने कुरा पुनः पुष्टि गरेको छ जसलाई कडा निन्दा र भत्सर्ना गर्नुपर्छ ।´























