मौसम

आज यी प्रदेशमा हुनेछ आज हल्का वर्षा

नवलपुर टुडे
२०८२ पुस १९ | बिहान ०७:०९ बजे

काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहनेछ । बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भूभागका धेरै स्थानमा हुस्सु लाग्नेछ ।

कमेन्टहरु