चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द


मुस्ताङ, पुस १८। अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका निम्ति बन्द गरिएको छ । माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा सञ्चालन गर्न बेँसीमा झारिन्छ । तल्लो र मध्य मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा बन्द गरिन्छ ।
तल्लो क्षेत्रका तीन पालिकाका शैक्षिक दुई महिना जाडो बिदा गरेर फागुनको पहिलो र दोस्रो हप्तादेखि नियमित शैक्षिक पठनपाठन सञ्चालन गरिने उनले बताए । माथिल्लो मुस्ताङका शैक्षिक संस्थाले विद्यार्थीलाई बेँसीको पारिलो स्थानमा राखेर पठनपाठन सञ्चालन गरिरहेको एकाइ प्रमुख लामिछानेले उल्लेख गरे ।
जाडो मौसममा सम्भावित हिमपात र अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पुग्न सक्ने भएकाले बर्सेनि मुस्ताङका शैक्षिक संस्थाले हिउँदयाममा दुई महिना विद्यालय बन्द गरेर बिदा दिने चलन छ ।























