समाचार

अक्षरमा सात दशक कुम्हालेको चक्र : माटो र जीवन लोकार्पण

रिदेन महर्जन
२०८२ पुस १८ | बिहान ०५:०९ बजे

ललितपुर । वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त अक्षरमा सात दशक, कुम्हालेको चक्र : माटो र जीवन लोकार्पण भएकाे छ ।

मूर्तिकारका कुरा सुनेर नानी हेरा शाक्यले लेख्नुभएको पुस्तकको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालि, ललितपुर महानगरपालिकाका उप-प्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ मूर्ति कलाकार सन्त कुमार शाक्य, वरिष्ठ परम्परागत कलाकार लोक चित्रकार, समिक्षक शैलेन्द्र अधिकारी पत्रकार कुमार रञ्जित लगायतले सामुहिक रूपमा लोकार्पण गर्नुभएको हो।

पुस्तकका बारेमा कुलपति नारदमणि हातम्छालिले कलाकारको अनुसन्धानात्मक अध्ययनका निमित्त एक महत्वपूर्ण प्रारम्भिक विवरण संकलन भएकोले यो प्राज्ञिक अध्येताका निम्ति उपयोगी हुने बताउनुभयो । लेखक राजेश अवाले आफ्नो लागिमात्र नभई समाजलाई सृजनात्मक बनाउन लागिपरेको भन्नुभयो ।

ललितपुर महानगरपालिकाका उप-प्रमुख मञ्जली शाक्य बज्राचार्यले कलाकारहरूको वृत्ति विकास र संरक्षणका लागि महानगरपालिकामा विशेष व्यवस्था गरिएको जानकारी गराउनु भयो। समिक्षक शैलेन्द्र अधिकारीले पुस्तक नेपालको मूर्तिकला व्यवसायभित्रका संघर्ष र विकासक्रम बुझ्न उपयोगी भएको विचार राख्नुभयो ।

पत्रकार कुमार रञ्जितले कलाकारहरूका जीवन संघर्ष सम्बन्धी पुस्तक प्रकाशन गर्ने परम्पराको थालनी भएबाट नेपाली कला जगत दस्तावेजीकरण हुनथालेकोले विद्यार्थीहरूका लागि उपयोगी भएको उदाहरण दिनुभयो ।

 

कमेन्टहरु