मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
अनाई खोला पक्की पुलको मन्त्री पाल द्वारा उद्धघाटन


बाजुरा , पुस १७ । मार्तडी-कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा रहेकाे पक्की पुलको उद्धघाटन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले पुलकाे उद्धघाटन गरेका हुन् । ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य सम्पन्न भएसंगै आजदेखी नियमित यतायातका साधान चल्ने भएका छन ।
गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको ठेकेदार कम्पनीले जनाएकाेे छ । २०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको थियाे । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्का सम्झौता गरेको थियो ।
भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेट मार्फत पुलको निर्माण गरिएकाे भाैतिक पुर्वाधार कार्यालय अछामले जनाएकाे छ । स्थानीयवासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, सेवा–सुविधामा पहुँच बढ्ने र स्थानीय उत्पादनको बजारसम्म पहुँच सहज हुने अपेक्षा गरेका छन् ।























