शिक्षा

शुक्रबारसम्म दाङका विद्यालयहरूमा जाडो बिदा

नवलपुर टुडे
२०८२ पुस १६ | बिहान ०७:०९ बजे

दाङ । घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन बिदा दिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले तीन दिन विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । लमही नगरपालिकाले पनि चिसो बढेकाले विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख केशब लम्साले जानकारी दिएका छन ।

कमेन्टहरु