समाचार, समाज

सुनसरीको भण्टाबारीस्थित रहेको सिमा स्थलगत निरिक्षणमा आइजीपी अर्याल

देवराजा यादव
२०८२ पुस १६ | बिहान ०५:०९ बजे

सुनसरी । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरी जिल्ला भण्टाबारीस्थित रहेको नेपाल- भारत तिनकुनै नाकाको स्थलगत निरिक्षण गर्नुभएको छ । मंगलवार सुनसरी जिल्ला कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको नेपाल भारत सीमाको स्थलगत निरिक्षण गर्नुभएको हो ।

सोहि क्रममा उहाँले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का उच्च पदाधिकारसँगको संक्षिप्त भेटघाटको क्रममा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बारे जानकारी गराउनुभयो । निरीक्षणका क्रममा उहाँले कार्यरत फौजलाई उच्च मनोवल लिएर अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न निर्देशन दिनुभयो ।

कमेन्टहरु