चितवन जिल्ला स्तरीय सितोरियो करातेमा ब्रम्हपुर टिम प्रथम


ब्रम्हपुर डोजोले ८ स्वर्ण, ३ रजत र २ कांस्य पदक हात पारेको छ। दोस्रो भएको भरतपुर डोजोले २ स्वर्ण र एक रजत पदक जितेको सितोरियो कराते संघ चितवनका सदस्य छवि तिमल्सिनाले जानकारी दिएका छन्। यस्तै एक स्वर्ण र ३ कांस्य जितेको ओमशान्ति एकेडेमी तेस्रो भएको छ।
ग्राण्डी बोर्डिङ्ग अनुशासित टिम भएको छ भने भरतपुरका लासिप सारु मगर उत्कृष्ट पुरुष तथा ओमशान्तिकी आलियास आले मगर उत्कृष्ट महिला खेलाडी घोषित भए। विश्वप्रकाश माविका कुशल लोहनी उदयीमान पुरुष तथा जगतपुर डोजोकी प्रिया रानाभाट उदयीमान महिला खेलाडी चुनिए।
उनीहरुलाई संघका अध्यक्ष चित्रबहादुर राना मगर, कार्यक्रमका प्रमुख अतिथि नेपाल कराते महासंघ बागमती प्रदेशका अध्यक्ष गगन लामा, चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, कार्यालय प्रमुख रामजी ढकाललगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताका १६ डोजोका एक सय दश खेलाडीले प्रतिस्पर्धा गरेका थिए।























