देश

काठमाडौं पशुपाति भित्र रहेको बिरुपाक्षको मुर्ती किराँती होइनन

जगत ठाडा मगर
२०७८ साउन २४ | बिहान ०९:०४ बजे

काठमाडौ । काठमाडौं पशुपातिनाथको बिरुपाक्षको मुर्ती
किराती हो भनी धेरै जसो YouTube च्यनलहरुले भिडियो बनाई झुटो प्रचार गरेइरहेको छ । त्यो पनि बिरुपाक्ष आमा संग सम्भोक गरेको भनी, यो सरासर झूट कुरो हो किनकी यलम्बर अहिन्दू अनार्य हो ।

प्राचिन हिन्दू धर्म ग्रन्थले पनि किराँतहरु अनार्य भन्दै आएको छ भनेपछि पशुपति हिन्दूको मन्दीर भित्र अनार्य यलम्बरको मुर्ती कसरी हुन सक्छ । त्यो पनि श्री ५ हिन्दू शाहवंशि राज्य भित्र ? त्यसैले बिरुपाक्ष किराँती हुन सक्दैन।

वल्लो किराँत राज्यका राजा थम्बुहाङ किराँती राजाको जेठो छोरा यलम्बरको पुर्खेली घर दोलखा किराँतीछाप हो । उहाँको जन्म दोलखा शैलूङको बाख्रा गोठमा भएको हो । यलम्बर राजाको नुवारनको नाम युलुङ् हो । सबैले सानमा यलुङ भनेर बोलाउथ्यो । त्यही यलुङ जन्मेको भएर त्यो ठाउँको नाम शैलूङ नाम रहन गएको हो भनी प्राचिन इतिहास दस्तावेजहरुबाट प्रमाणित हून्छ । यलुङ् पछि ठुलो भएपछि काठमाडौं आउनू भयो । त्यस्पस्चात राजा हुनू भएको हो । राजा अबिषेकको पालामा यलम्बर पदवी ग्रहण गर्नूभएको हो । एलम्बर राजाको बुबा आमा दोलखा किराँती छाप मै बित्नु भयो र दोलखामै अन्त्यस्टी भएको हो ।

बिरुपाक्षको निधारमा भएको आँखा जस्तो चिन्ह हिन्दू भगवान महादेवको जस्तो देखिएकोले धेरै जसो इतिहासविदहरुले माहादेव नै बिरुपाक्ष हो भनी तर्क दिएको पाइछ ।

हिन्दू धर्म ग्रन्थ अनुसार श्रीकृष्णले काठमाडौं नागदहको किनारमा बसेका नागजातीलाई दमन गरेर त्यो ठाऊँमा नागजाती पछि श्री कृष्ण भगवान संगै आएको गोपाल जातीले काठमाडौंमा शासन गरेको हो भनी भनेको छ । त्यो काठमाडौंको प्राचिन नाग जाती नै अहिलेको किराँती थाङमी अर्थात थम्बु जाती हो, त्यसैले हिन्दूको मन्दिर भित्र भएको अहिन्दू किराँतीको मुर्ती बिरुपाक्ष कदापी हुन सक्दैन् ।

इतिहासबिद : मदन थामी

कमेन्टहरु